मानवीय धरोहरकी साझा रक्षक एवं सारा बेलायती र कमनवेल्थ देशकी साझा सम्मानकी एकल पात्र महारानी एलिजावेथ द्वितीय।
लन्डनको भीडभाडबाट टाढा रहेर स्कटल्यान्डस्थित बाल्मोरलकाशलमा ग्रिष्मकालीन समय बिताइरहेकी महारानी एलिजाबेथले यति सजिलै यो धराधाम छोड्लिन जस्तो कसैलाई पनि लागेको थिएन।
अचानक स्वास्थ्यमा समस्या आएर डाक्टरहरूको निगरानीमै रहेकी महारानीले अन्ततः स्कटल्यान्डस्थित बाल्मोरलकासलमा शान्तिपूर्वक यो नश्वर चोला छाडेर भगवानमा लिन भइन्। यो समाचार भुसको आगोझैँ संसारभरि फैलियो।
क्षणभरमै ८ सेप्टेम्बर २०२२ को दिन। विश्वकै महारानी जस्तै अभिभावकीय भूमिकामा रहेकी सात दशकदेखि अभिच्छिन्न राज्यारोहण गरेर संसारका धेरै परिवर्तन साक्षीका रूपमा देखेकी स्वीकारेकी महारानीले आफ्ना पति राजकुमार फिलिप गएको एक वर्ष केही महिनामै उनलाई भेट्ने यात्रामा निस्किइन् सबैलाई रुवाएर।
बेलायत यतिखेर आफ्नी प्यारी महारानीको शोकमा डुबेको छ। बकिङघम प्यालेसको ढोकामा मान्छेको समुन्द्र ओर्लेको छ। फूल र कार्डले भरिएको छ चारैतिर।
ग्रिनपार्क, विंसरक्यासल, सान्निग्ह महारानीका सबै दरवार श्रद्धाका फूलले भरिएका छन्। कुनै उर्दी छैन, कुनै औपचारिक बिदा छैन तथापि मानव सागर उर्लेको छ।
श्रद्धामा आफ्नी रानीको सम्मानमा। मान्छे डाँको छाडेर रोएका छन्। आफ्नै निकटतम आफन्तको निधनभन्दा बढी सम्झेर। राजतन्त्र पनि यति धेरै सम्मानित हुँदोरहेछ।
संसदीय प्रजातन्त्रको जननी मुलुक बेलायत त्यसको साक्षी हो दुनियाँमा। उनीसँगजीवनको त्यो अन्तिम क्षण आफ्ना चारजना सन्तान र उनको उत्तराधिकारी प्रिन्स अफ वेल्ससमेत साथमा थिए।
उनका उत्तराधिकारी राजकुमार चाल्र्स तृतीय लाई राजा घोषणा गरिसकिएको छ । तर उनको नयाँ भूमिकाको औपचारिक घोषणा शनिबार लन्डन समयअनुसार बिहान १० बजे सेन्टजेम्स प्यालेसमा एक समारोहमा भएको थियो। उनको राज्यकालमा महारानीले १५ जना बृटिस प्रमलाई झेलिन्।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
सत्यपाटी । काठमाडौँ ।