सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा

आजदेखि सर्वसाधारणले नयाँ नोट सटही सुविधा पाउने भएका छन् । दशैं तिहारको लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण सुरु गरेको हो ।

बिहीबारदेखि नै बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट दिएको राष्ट्र बैंकले आजदेखि सर्वसाधारणलाई पनि नयाँ नोट वितरण गरेको हो । आज राष्ट्र बैंक कार्यालय बालुवाटारबाट नयाँ नोट वितरण सुरु गरेको हो ।

अन्य स्थानबाट समेत नयाँ नोट वितरण गर्ने तयारी राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५०० अधिकतम वितरण गरेको हो । जसमा ५, १०, २०, ५०, १०० दरका नोट समावेश छ । राष्ट्र बैंकले १० अर्ब रुपैयाँ नायाँ नोट बजारमा पठाउँदैछ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतवार १५:००