राष्ट्रपतिले नागरिकता संशोधन विधयेक प्रमाणीकरणमा ढिलाइ गरेको भन्दै नेपाली कांग्रेस निकट विद्यार्थी संगठनले प्रदर्शन गरेको छ ।
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि राष्ट्रपति विद्यादेवी भण्डारी विरोध प्रदर्शन गरेको हो । सो क्रममा प्रहरीमाथि ढुंगामुढा प्रहार गरेको हो ।
विद्यार्थीले राष्ट्रपतिको पुत्ला दहन गर्दै नाराबाजी गरेका थिए । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेपछि विद्यार्थी प्रहरीमाथि जाइलागेको हो ।
प्रदर्शनका कारण दरमार्ग, रत्नपार्क र बागबजार क्षेत्रमा सवारी जाम भएको थियो । नागरिकता विधेयक दोस्रो पटक दुवै सदनबाट पारित भइ प्रमाणीकरणक लागि राष्ट्रपति समक्ष पठाइसकिएको छ ।
सत्यपाटी । काठमाडौं ।