सूचनाको शक्ति - The Power Of Information

        

बेलायती महारानी एलिजाबेथको अन्त्येष्टि मिति तोकियो

बेलायतकी दिवंगत महारानी एलिजाबेथको अन्त्येष्ति सेप्टेम्बर १९ मा हुने भएको छ ।

बकिङ्घम दरवारले उक्त मितिमा एलिजाबेथको अन्त्येष्टि हुने मिति तय गरेको हफपोस्टले जनायो । दिवंगत महारानीको शव वेस्टमिनिस्ट अबेमा अन्त्येष्टि गरिनेछ । आइतबारबाट महारानीको शव स्कटल्यान्ड हुँदै बकिङ्घम लगिने तालिका रहेको बताइएको छ ।

वेस्ट मिनिस्टरमा ४ दिनसम्म सर्वसाधारणलाई पनि एलिजाबेथको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्ने व्यवस्था मिलाइएको छ । बेलायती महारानी एलिजाबेथको बिहीवार ९६ वर्षको उमेरमा निधन भएको हो । उनको निधनमा विश्वभरका नेताहरुले दुःख व्यक्त गरेका छन् । उनको अन्त्येष्टि समारोहमा विश्वका नेताहरु सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतवार १०:१८