सूचनाको शक्ति - The Power Of Information

        

भारतको मुम्बईमा भेटिए बुटवलबाट हराएका तीन बालक

रुपन्देहीको बुटवल उपमहानगरपालिकामा घरबाट विद्यालय जाँदा बेपत्ता भएका तीन बालक भारतको मुम्बई पुगेको खुलेको छ ।

बुटवल उपमहानगरपालिका–११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रवार बिहान विद्यालयतर्फ गए पनि विद्यालय समेत नपुगी बेपत्ता भएका थिए ।

शुक्रबार साँझसम्म पनि घरमा नपुगेपछि सुरु भएको खोज कार्यमा प्रहरीको संलग्नताले बालकहरू भेटिएको १५ बालक सागरका मामा राजु पन्थीले जानकारी दिए । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बालकहरू आफन्तको सम्पर्कमा आएको र सुरक्षित रहेको प्रतिक्रिया दिए ।

उनले भने, ‘बेपत्ता बालकमध्ये एक जनाको अभिभावकसमक्ष पुगेको र बालकहरू सुरक्षित रहेको जानकारी हामीसँग छ । अन्य दुई बालकका अभिभावक जाँदै हुनुहुन्छ । त्यसपछि थप अनुसन्धान सुरु हुन्छ ।’

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतवार ०९:५६