सूचनाको शक्ति - The Power Of Information

        

नेपाल भुटानसँग पराजित

बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटको पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको छ ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा शनिबार राति भएको खेलमा नेपाल भुटानसँग २–० ले पराजित भएको हो ।

भुटानलाई जित दिलाउन सोनाम छोझाङ र कर्मा टासी जाम्त्सोले एक एक गोल गरे ।

खेलको ३३ औं मिनेटमा सोनामले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । त्यसपछि ४७ औं मिनेटमा कर्माले गोल गर्दै भुटानलाई २–० को जित दिलाए ।

खेलको इन्जुरी समयमा अविशेक वाइबाले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो ।

अब नेपालले दोस्रो खेलमा सोमबार कतारसँग खेल्नेछ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतवार ०८:३८