सूचनाको शक्ति - The Power Of Information

        

जानकी-५ को वडा कार्यालय र स्वास्थ्य चौकीमा सिसी क्यामेरा जडान

जानकी गाउँपालिका वडा नम्बर ५ स्थित वडा कार्यालय र बेलहरी स्वास्थ्य चौकीमा सिसी क्यामेरा जडान गरिएको छ ।

वडा कार्यालय र स्वास्थ्य चौकीले प्रदान गर्ने सेवा थप सक्रियता र प्रभावकारिताको साथ दिलाउनका लागि सिसि क्यामेरा जडान गरिएको वडाअध्यक्ष टिकानाथ यादवले जानकारी दिए ।

सिटी क्यामेरा जडान भएपछि सेवा प्रभावकारी बन्दै गएको उनले बताए । वडाको समृद्धि र विकासका लागि विभिन्न योजना तथा कार्यक्रम कार्यान्वयनको चरणमा रहेको यादवको भनाई छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार १७:५४