सूचनाको शक्ति - The Power Of Information

        

बैजनाथमा ‘किसानसँग पालिका प्रमुख कार्यक्रम’ कार्यान्वयनमा

बाँकेको बैजनाथ गाउँपालिकाले ‘किसानसँग पालिका प्रमुख कार्यक्रम’ कार्यान्वयन गर्न सुरु गरेको छ ।

गाउँपालिकाको यसअघि सम्पन्न भएको ११ औं गाउँसभाले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत उक्त कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत पशु अस्पताल भवन निर्माण गर्न लागिएको हो । उक्त भवनको गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही र उपाध्यक्ष निर्मला रोकायले शिलान्यास गरेका छन् । शिलान्यास गर्दै अध्यक्ष शाहीले तोकिएको समयभित्र भवन निर्माण सम्पन्न हुने विश्वास गरे ।

कुल ४८ लाख ४६ हजार रुपैयाँको लागतमा पशु अस्पताल भवन निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ । पशु अस्पताल भवन निर्माण भएलगत्तै गाउँपालिकाले सेवा सञ्चालनमा ल्याउनेछ ।

बैजनाथले सुरु गरेको किसानसँग पालिका प्रमुख कार्यक्रम लोकप्रिय मानिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार १७:४५