सूचनाको शक्ति - The Power Of Information

        

विचार

काँग्रेस र एमालेलाई बालेनको धक्का !

बालेनलाई भोट दिएरलाई चुनाव जिताउने काठमाडौंबासी अहिले उनको काम देखेर खुशी छन् ।

२०७९ बैशाख ३० गतेको स्थानीय निर्वाचनमा काठमाडौंबासीले काठमाडौंबाट स्वतन्त्र उम्मेदवारका रुपमा उठेका बालेन्द्र साहलाई ६३ हजार १६७ मत दिएर मेयर पदमा विजय गराएका थिए । काठमाडौंका काठमाडौंले स्वतन्त्रका उम्मेदवार बालेन्द्र साहलाई मत दिएर मेयर बनाउँछन् भन्ने कुरा कुनै जिल्लाका काठमाडौंले सोचेका थिएनन् । काठमाडौं त्यस्तो ठाउँ हो जहाँ ५० वर्षसम्म एमाले र काँग्रेसले राजनीति गर्दै वा चुनाव जित्दै आएका थिए । तर यिनीहरुले काठमाडौंबासीका लागि एउटा सिन्को भाँचेनन् र केही काम गरेनन् । अब एमाले र कांग्रेसलाई जिताएर काठमाडौं विकसित हुँदैन भन्ने थाहा पाएपछि काठमाडौंबासीले स्वतन्त्र उम्मेदवारलाई जिताए ।

उनलाई मेयर पदमा जिताएसँगै उनको अहिले देखेर काठमाडौंबासीहरु समेत चखित भएका छन् । काठमाडौंका काठमाडौंहरु शिक्षित रहेकाले उनीहरुले काम गर्न सक्ने र विश्वासनीय उम्मेदवारलाई मत दिए र आज उनीहरु अब काठमाडौंको मुहार फेरिन्छ भन्ने कुरामा विश्वास भइसकेका छन् । पछिल्लो समय मेयरमा बालेन साहले जितेपछि एमाले र काँग्रेसले उनलाई असफल बनाउन फोहोरमाथि राजनीति गरे । तर बालेन निराश नभइ एमाले र काँग्रेसको कोठे राजनीतिलाई चिर्दै काठमाडौंको फोहोर बन्चरे डाँडामा फाल्न सफल भए र यी पार्टीले गर्न नसकेको काम पनि गरे । अहिले काठमाडौंबासीले बालेनको काममा साथ दिएर बालेनको खुट्टा तान्ने र काममा अवरोध गर्ने यी दललाई पाखा लगाए ।

काठमाडौंको अगाडी राजनीतिक दलको केही लाग्दैन भन्ने उदाहरणसमेत काठमाडौंबासीले दिइसकेका छन् । अहिले बालेनको विरोध गर्ने व्यक्तिलाई जवाफ बालेनले दिनुपर्दैन, उनीहरुलाई बालेनलाई भोट दिने काठमाडौंले नै दिन्छन् । काठमाडौं र राष्ट्रको हितमा काम गर्यो भने विरोधीलाई असफल बनाउन काठमाडौंबासीले यसरी साथ दिँदा रहेछन् भनेर अहिले हामी सजिलैसँग देख्न सक्छौँ । बुढापाकाले भन्ने गर्थे १२ वर्षमा खोला फर्किन्छ । यत्रो वर्षसम्म अस्तव्यस्त काठमाडौं अब व्यवस्थित हुन्छ भन्ने कुरा काठमाडौंको मनमा अहिले परेको छ । २०७४ सालको चुनावमा एमालेबाट काठमाडौंमा मेयर पद विद्यासुन्दर शाक्यले जितेका थिए । काठमाडौं जिल्ला एमाले र काँग्रेसको टक्कर रहेको जिल्ला हो ।

एमाले वा काँग्रेसको उम्मेदवार जित्नुको साटोमा काठमाडौंमा यसपालि यहाँका बासीन्दाले स्वतन्त्र उम्मेदवार बालेन्द्र साहलाई जिताए । बालेनलाई भोट दिएरलाई चुनाव जिताउने काठमाडौंबासी अहिले उनको काम देखेर खुशी छन् । बालेनले गरेको काम देखेर यसपालि हामीले दिएको भोट खेर गएन भनेर अहिले यहाँका काठमाडौं भन्छन् । पछिल्लो समय बच्चादेखि बुढासमेत बालेनको काम देखेर उनको नै गुनगान गाउने गर्छन् । सार्वजनिक जग्गा कब्जा गरेर फुटपाथमा पसल राख्ने, सरकारी जग्गा, गुठीका जग्गा, मठमन्दिरका जग्गाहरु कब्जा गर्नेहरु र घर बनाउँदा अण्डर ग्राउण्ड पार्किङ्ग भनेर नक्सा पास गर्ने र राज्यलाई पनि राजस्व नतिर्नेहरुलाई बालेनले अनुगमन गर्दै कारबाही गर्दै आइरहेका छन् ।

साथै दुई तले घरको नक्सा पास गरेर पाँच तल्ले घर बनाउने वा नक्सा नै पास नगरी निजी घर तथा सरकारी अफिसहरु बनाउने, दर्ताबिना नै व्यापार व्यवसाय गर्नेे, सार्वजनिक जग्गा मिचेर घरको पर्खाल बनाउने, विश्व सम्पदा सूचीमा परेका मठमन्दिरको अगाडि ९ तल्ले घर बनाउने, सार्वजनिक जग्गा दुरुपयोग गर्ने वा सरकारी जग्गा मिलोमित्तोमा कब्जा गर्ने वा आफ्नो नाममा नामसरी गर्नेलाई पनि उनले अनुगमन गर्दै हटाउँदै आएका छन् । सरकारी अफिस वा निजी अफिसहरु बहालमा लगाउने तर घरबहाल कर नतिर्ने वा व्यवसाय गरेर महानगरलाई कर नतिर्नेलाई उनले चेतावनी दिँदै आइरहेका छन् । काठमाडौंमा ७७ ओटै जिल्लाका नागरिकहरु बस्छन्, यहाँ फुटपाथमै पसल राखेर व्यापार गर्छन् ।

फुटपाथमा पसल राख्दा भाडा पनि तिनुपर्ने र राज्यलाई पनि कर नतिर्ने पर्ने भएकाले उनीहरुले फुटपाथमा पसल राखेर सहर नै अस्तव्यस्त बनाउँदै आइरहेका छन् । त्यसलाई हटाउन वा पैदलयात्रीलाई सहज गराउन मेयर साहले पछिल्लो समय फुटपाथमा पसल राख्नेलाई हटाउन विभिन्न पहल गर्दै आएका छन् । अब फुटपाथमा व्यापार गर्न दिनुहुँदैन र सटर लिएर व्यापार गर्ने गर्नुपर्छ । बाटाको दायाँबायाँ वा सरकारी जग्गा भएको ठाउँमा सवारीसाधन पार्किङ्ग गराएर विभिन्न क्लबले पैसा उठाएर खाने गर्छन् । पसलेहरु पनि सटर बाहिर सामान राख्ने, घरधनीले आकाशबाट परेको पानी वा छतको पानी बाटामा फाल्छन् डिजिटल होटिङ् बोर्डहरु र बाटामा मागेर खाने मानिसहरु पनि यहाँ पाइलैपिछे भेटिन्छन् ।

अब मेयर साहले यी सबैलाई हटाउनुपर्छ र व्यवस्थित सहरको स्थापना गर्नुपर्छ । साथै आफ्नो घरको वरपर आफैँ सफा गर्ने भनेर नीति नियम बनाउनुपर्छ । २०७४ सालको उपमेयर, मेयर र वडाध्यक्षहरुले सरकारको मापदण्डभित्र नबनेका घरहरुलाई पनि आर्थिक लेनदेन गरेर घरसम्पन्नताको प्रमाणपत्र दिने गर्थे । कति घरधनीहरुका अनुसार १ लाखदेखि १५ लाख पैसा दिएर पनि घरसम्पन्नताको प्रमाणपत्र लिएका छौँ । यहाँका घरधनीहरु घर भाडामा लगाएर एक महिनामा ५० हजारदेखि ३ करोडसम्म उठाउने गर्छन्, तर राज्यलाई घरबहाल कर तिर्देनन् । साथै एउटा घर बनाउन घरजग्गा गरेर १ करोडदेखि ५० करोडसम्म लगानी गर्छन्, तर राज्यलाई त्यो लगानीको कर तिर्दैनन् ।

एकपटक घर बनाएपछि त्यो घरको ६–६ महिनामा पनि प्राधिकरण चेक नगर्ने ? काठमाडौंमा सँगै जोडिएको घर एउटा तीन तले हुन्छ भने अर्को १८ तलासम्म हुन्छ । भत्किन लागेका घरहरु पनि महंगो भाडामा लगाएका छन् । काठमाडौंका खोलाहरु सबै व्यक्तिले कब्जा गरेर खोलामाथि घर बनाइसकेका छन् । काठमाडौंमा लाखौँ सरकारी वा गुठीका जग्गाहरु थिए तर त्योपनि अहिले सबै व्यक्तिको नाममा गएकाले त्यसलाई फिर्ता लिन र खोला मिचेर बनेका घर हटाउन साहले पछिल्लो समय धेरै प्रयास गर्दै आइरहेका छन् । यस्तो अस्तव्यस्त रहेको सहरलाई व्यवस्थित बनाउन पनि उनले काम गर्दै आइरहेका छन् । काठमाडौंमा एउटै संस्था वा व्यक्तिले लाखदेखि अर्बसम्म महानगरपालिकालाई तिनुपर्ने कर छलेका छन् ।

यिनीहरुले २० वर्षदेखि व्यवसाय गर्दै आएका छन्, तर महानगरपालिकालाई कर भने तिरेका छैनन् । अहिले यी सबैको अनुगमन गर्दै साहले यस्ता व्यवसायीलाई राजस्व तिर्न पनि चेतावनी दिएका छन् । काठमाडौंका काठमाडौंले बालेन्द्र साहलाई मेयर त बनाए, तर उनले काम गर्न सक्छन् कि सक्दैनन् भन्नेमा उनीहरु चिन्तित थिए । तर अहिले बालेनले गरेको काम देखेर काठमाडौंबासी मात्र नभएर उनीप्रति देशैभरिका काठमाडौंको ध्यान गइरहेको छ । पछिल्लो समय बालेनको काम देखेर विभिन्न जिल्लाका मेयरहरुले पनि उनको सिको सिकेर काम गर्न लागिरहेका छन् । एमाले र काँग्रेसलाई भोट दिने काठमाडौंहरु पनि बालेनको काम देखेर अहिले खुशी भएका छन् ।

अहिले सार्वजनिक सवारीसाधन वा चौतराहरुमा पनि बालेनको गरेको कामका बारेमा चर्चा हुने गर्छ । बालेनको काम देखेर जलेका महेश बस्नेतले जति विरोध गरेपनि बालेनले काम गर्न छोडेनन् । बालेनलाई काठमाडौंबासीले बालेनलाई भोट दिएर जिताएका र उनलाई काठमाडौंका काठमाडौंले जवाफ फर्काएर महेश बस्नेतप्रति आक्रोश व्यक्त गरे । साथै साहले गरेको काम हाम्रो लागि राम्रो छ र उनको विरोधमा केही बोलेमा वा गरेमा हामी काठमाडौंबासीले सडकमा उत्रिने चेतावनी दिएपछि साहका विरोधीहरु दुलोभित्र छिरे । काठमाडौंले राम्रो व्यक्ति चुनेर भोट दिएको, भोटको सदुपयोग हुने, आफ्नो क्षेत्रको पनि विकास हुन्छ भन्ने कुरा बालेनबाट सावित गर्दै गइरहेका छन् ।

अहिले बालेनको काम देशैभरि वा बाहिर देशमा समेत प्रचारप्रसार भइरहेको छ । साथै अहिले बालेनलाई साथ दिनका लागि बालेन अघिअघि र काठमाडौंबासी पछिपछि लोगेका छन् । साथै महानगरका प्रहरीले पनि काम गरेको देख्दा काठमाडौंबासी खुशी छन्, तर अरु नगरका प्रहरीहरु भने के हेरेर बस्छन् ? अरु पालिकाका मेयरहरु तलबभत्ता खाने, सरकारी गाडी चढ्ने, व्यापारीहरुसँग कमिशन खाने, राज्यले लिनुपर्ने कर पनि नउठाउने र फुटपाथ व्यवसायी पनि नहटाउने । एउटा उदाहरण नै भन्दा भक्तपुरको सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले न सरकारी जग्गा, गुठीका जग्गा खोजेका छन्, न भएकालाई नै संरक्षण गरेका छन् । सूर्यविनायक नगरपालिकाभित्र १० ओटा वडा छन् ।

यी वडाहरुभित्र रहेका सरकारी जग्गा, गुठीका जग्गा, पार्टीपौवाका जग्गा व्यक्तिको नाममा गइसकेको छ । खेतीयोग्य जमिनमा रातारात डोजर लगाएर खण्डीकरण गरेर बेचिरहेका छन् र फुटपाथमा पसल र पार्किङ्ग गर्न दिएर हिँड्न सकिँदैनन् । यहाँ व्यापार व्यवसाय गर्नेले न दर्ता नै गरेका छन् न घरधनीले घरबहाल कर नै तिरेका छन् । यहाँ घर सम्पन्नताको प्रमाणपत्र लिन वडाध्यक्षका आफन्त, एमाले वा काँग्रेसको कार्यकर्ता हुनुपर्छ वा वडाध्यक्ष, मेयरलाई पैसा दिनुपर्छ । यहाँ १ लाखदेखि १० लाखसम्म खर्च गरेर घर सम्पन्नताको प्रमाणपत्र ल्याएको सुनिन्छ । सरकारको मापदण्डभित्र नबनेका घरलाई आर्थिक लेनदेन र भनसुनका आधारमा घर सम्पन्नताको प्रमाणपत्र दिनुचाहिँ गलत काम होइन र ?

सूर्यविनायक नगरपालिकाभित्र बनेका घरहरुको कतिको नक्सा नै छैन । कतिको दुई तले नक्सा पास छ भने पाँच तले घर बनाएका छन्, तर अनुगमन शून्य छ । अहिले पनि यस नगरपालिकाले खेतीयोग्य जमिनमा घर बनाउनका लागि नक्सा पास गरिरहेको छ । साथै यहाँका नगर प्रहरी पनि फुटपाथ व्यवसायी र पार्किङ्ग हटाउन जाँदैनन् यिनीहरु काठमाडौंले तिरेको करबाट तलबभत्ता खान्छन् र घाम तापेर बस्छन् । भक्तपुर जिल्ला उपत्यकाभित्र रहेको जिल्ला हो, तर विकास हेर्यो भने जुम्लाको भन्दा नाजुक छ । अहिले भक्तपुर वा सूर्यविनायक नगरपालिकाका काठमाडौंहरु हामीले काम गर्न नसक्ने मेयरलाई भोट दिएर जितायौं भनेर पश्चाताप गरिरहेका छन् ।

ललितपुर महानगरले पनि फुटपाथ वा सरकारी जग्गा कब्जा गर्नेलाई सूचना जारी गरेर हटाउन थालिसकेको छ । अरु नगरपालिकाले पनि फुटपाथ र सार्वजनिक सम्पत्ति अधिकरण गर्नेलाई हटाउन सुरु गरिसकेका छन्, तर भक्तपुरको सूर्यविनायक नगरपालिका र अरु पालिकाले भने काम नगर्दा काठमाडौं हामीले कस्तो व्यक्तिलाई भोट दिएर मेयर र वडाध्यक्ष बनाएछौं भनेर भन्छन् । भक्तपुर र अरु जिल्लाका नागरिक आफ्नो मतको सदुपयोग नभएको भन्दै आक्रोशित छन् । उनीहरु अहिले काठमाडौंका मेयर बालेनजस्तो हुनुपर्छ भनेर भन्छन् । राष्ट्र र काठमाडौंको हितमा काम गर्न नसक्ने नेताहरु दायाँबायाँ सुरक्षाकर्मी राखेर हिँड्छन्, तर काठमाडौंका मेयर बालेन एक्लै काठमाडौं र राष्ट्रको काम गर्न हिँड्छन् ।

यसबाट काठमाडौं र राष्ट्रको हितमा काम गर्ने मानिसलाई सुरक्षाकर्मी चाहिँदैन भनेर बुझिन्छ । अबको पाँच वर्षमा काठमाडौंको मुख नै फेरिन्छ भनेर काठमाडौंबासीले त थाहा पाइसकेका छन् भने बाहिरी जिल्लाका मानिसहरु पनि अब काठमाडौं कस्तो हुन्छ भनेर सोच्नमा नै मग्न छन् । काठमाडौं सुन्दर र व्यवस्थित सहर बनेमा ढिलो भए पनि त्यो सिकोले ललितपुर र भक्तपुर पनि फेरिएला । काठमाडौंका मेयर बालेनले अब काठमाडौं व्यवस्थित, सुन्दर र सफा बनाउँछन् भन्ने कुरा काठमाडौंबासीको मनमा छाप परिसकेको छ । अब नगरपालिकालाई कर नतिर्ने व्यवसायीहरुको दर्ता खारेज गर्नुपर्छ र उनीहरुको चलअचल सम्पत्तिबाट नगरपालिकाले कर उठाउनुपर्छ । साथै सरकारी जग्गा, गुठीका जग्गा व्यक्तिको नाममा गएको सबै फिर्ता गर्नुपर्छ ।

पानी खाने ढुंगेधाराहरु फेरि पनि स्थापना गर्नुपर्छ । घरधनी वा व्यवसायीले शैचालय प्रयोग गर्न नदिएमा उनीहरुलाई कारबाही गर्नुपर्छ । अब महानगरपालिकाका मेयर कुनै व्यापारी वा दलालीहरुसँग डराउनुहुँदैन र राजनीतिक दबाबका कारण पछि हट्नुहुँदैन । फुटपाथमा पसल राखेर व्यापार व्यवसाय गर्ने व्यक्तिले पनि त्यसलाई व्यवस्थित गरेर व्यापार व्यवसाय गर्नुपर्छ । यसरी जताततै व्यापार गरेर सहर अस्तव्यस्त गर्न पाइँदैन । अबदेखि काठमाडौंमा सटर लिएर मात्रै व्यापार व्यवसाय गर्नुपर्छ । अब बालेनले फुटपाथ व्यवसायी हटाउनै पर्छ र काठमाडौंबासीले यसमा साथ दिनुपर्छ । काठमाडौंमा रहेको अस्तव्यस्त ट्राफिक जामलाई पनि कम गर्ने र एउटै घरमा रहेका १० वटा होडिङ्ग बोर्ड हटाउनुपर्छ । काठमाडौंमा आकाशे पुल र जेब्राक्रसको पनि निर्माण गर्न आवश्यक छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार १६:१२