हामीले दैनिक रुपमा भान्सामा प्रयोग गर्दै आएको धेरै तरकारीहरुमा औषधीय गुण लुकेको हुन्छ । हामीले दैनिक खाने खानामा प्रयोग भएका खाधान्न बाहेकका हरियो साग सब्जि लगायत विभिन्न किसीमका चिजहरुले हाम्रो भानसालाई स्वस्थ्य बनाउन मद्दत गर्छ ।
खानाले हाम्रो शरिरमा काब्रोहाइडेटमात्र नभएर हाम्रो स्वास्थ्यलाई सुरक्षित राख्ने तत्वपनि दिइरहेको हुन्छ । भान्सामा प्रयोग हुने प्याज, लसुन, धनिया, अदुवा, बेसार, ल्वाङ लगायत विभिन्न चिजहरुले हाम्रो शरिरलाई रोगसँग लड्ने क्षमताको विकास गरिहेको हुन्छ ।
हरेक बर्ष गमी बढेसंगै बढेको भाइरत ज्वरो रुघाखोकी र डेङ्गुको माहामारी बढ्न थाल्छ । यसरी लाग्ने रुघाखोकीको सामान्य लक्षण देखिए लगत्तै एक दुईटा सामान्य आकारको प्याज दिनमा दुई तीनपटक काचै खाँदा रुघाखोकी तुरन्तै ठिक हुन्छ ।
ज्वरो तथा रुघाखोकी निको पार्नका लागि प्याजको परम्परागत प्रयोग तथा प्याजका एन्टीभाइरल गुणहरु बिभिन्न अनुसन्धानहरुले समेत पुष्टि गरिसकेको छ । रुघाखोकी तथा रुघाखोकी सम्बन्धित ज्वरोको घरेलु उपचारमा प्याज प्रभावकारी हुने मानिन्छ ।
प्याजको सेवन कोरोना भाइरसको संक्रमण नियन्त्रणमा समेत लाभकारी हुन सक्छ । रुघाखोकी तथा रुघाखोकी सम्बन्धित ज्वरोबाट छुटकारा पाउने सर्वोत्तम घरेलु उपचारका रुपमा तपाई हाम्रो भान्छामा सजिलै उपलब्ध हुने प्याजको सेवन गर्न सकिन्छ ।
यस्ता छन् प्याजको फाइदा
- प्याजको सेवनले प्रतिरोधात्मक क्षमता बढाउँछ ।
- यसको नियमित सेवनले अनुहारमा नरमपन ल्याउनुका साथै आँखाको ज्योति बढाउँछ ।
- यसमा भिटामिन सी, फलाम जस्ता बहुमुल्य खनिज पदार्थ तथा पोषक तत्व पाइन्छ ।
- प्याजमा लगभग ११ प्रतिशत कार्बोहाइड्रेट पाइन्छ ।
- गर्मी मौसममा काँचो प्याज खादाँ लू लाग्ने सम्भावनाबाट बचाउँछ ।
- काँचो प्याजको रसले पैतालमा र हातको हत्केलामा दल्दा लूबाट बच्न सकिन्छ ।
- पत्थरीको समस्यामा खाली पेट दुई चम्चा काँचो प्याजको रस पिउँदा फाइदा पुग्छ ।
सजिलोको लागी प्याजमा अलिकति नून तथा कागतीको रस राखेर पनि खान सकिन्छ । रुघाखोकी संगै ज्वरो आएको खण्डमा प्याजलाई सानोसानो टुक्रा पारी केही समय (२०–३० मिनेट) दिनमा दुईतीन पटकसम्म सुँघ्ने गरेमा ज्वरो समेत पूर्णतया निको हुन्छ ।
प्याजका रोग प्रतिरोधी क्षमता अभिवृद्धि गर्ने, ज्वरो घटाउने, तथा भाइरस विरोधी औषधीय गुणहरु अनुसन्धानबाट प्रमाणित समेत भइसकेका छन् । तसर्थ प्याजको सेवन गरेर रुघाखोकी तथा रुघाज्वरोको असर कम गर्न सकिन्छ ।
तर खाली पेटमा र धेरै मात्रामा प्याज खाँदा पेट पोल्ने समस्या हुन सक्छ र खाना खाएपछि निश्चित मात्रा मिलाएर खानु उपयुक्त हुन्छ । त्यस्तै रुघाखोकी लाग्दा मनतातो बेसारपानी सेवन गर्नु एवं बेसारपानीले घाँटी सफा गर्नु (गार्गल गर्नु) अत्यन्तै उपयोगी हुन्छ ।
रुघाखोकीको घरेलु उपचारमा बेसारको परम्परागत प्रयोगका साथै बेसारका रोग प्रतिरोधी क्षमता अभिवृद्धि गर्ने र रुघाखोकी बिरुद्धका औषधीय गुणहरु बिभिन्न अनुसन्धानहर बाट पुष्टि भइसकेको छ ।
रुघाखोकी लाग्दा कतिपय व्यक्तिहरुमा पेट दुख्ने तथा पखाला लाग्ने समस्या पनि देखिन्छ, त्यस्तो अवस्थामा टिमुर ८ देखि १० दाना अथवा आधादेखि एक चिया चम्चा टिमुरको धुलो नचपाइकन औषधि सेवन गरे जस्तै अलिकति पानीसित निल्नसके पखाला र पेटको दुखाईबाट समेत तुरन्तै आराम हुन्छ ।
यी जानकारीहरु घरेलु अनुभव तथा विभिन्न अनुसन्धानहरुमा प्रकाशित तथ्यहरुका आधारमा रुघाखोकीको प्राथमिक उपचारमा सहयोगी हुन् सक्ने देखिएको हुँदा प्रस्तुत गरिएका हुन् ।
यसको प्रयोगले सामान्यतया प्रभावकारी रहेतापनि जटिल प्रकृतिका बिरामी र कुनैपनि रोगको नियमीत औषधी सेवन गरीरहेको बिरामीहरुले भने जुनसुकै औषधी जन्य बस्तु सेवन गर्नु अघि चिकित्सकको सल्लाह लिनु सुरक्षित हुन्छ ।
सत्यपाटी । काठमाडौं ।