सूचनाको शक्ति - The Power Of Information

        

वैदेशिक रोजगारीका दुःख

कुवेतमा अलपत्र नेपाली भन्छन्, ‘दलाल र दुतावासको मिलोमतोले दुःख पाइयो’

कुवेतस्थित नेपाली दुतावास भन्छ, ‘हामी निरन्तर समस्या समाधानतिर लागिरहेका छौं । कामदारलाई सहज वातावरण सिर्जना हुन्छ ।’

नेपालमा रोजगारी नभएपछि खाडी मुलुकमा रोजगारीको एउटा गन्तव्य बनेको छ भने मझौला कम्पनीमा थोरै तलबमा नेपालबाट कामदार ल्याउने गर्छ । धर्म ओभरसिज प्रालि बसुन्धरा काठमाडौँबाट कुवेत पुगेका २० जनामध्ये एक जना केटी नेपाल फर्किसककी छिन् ।

उनी भने जस्तो काम र कम्पनीमा खानासमेत नपाएपछि नेपाल फर्केकी हुन् । उनी नेपाल फर्केपछि मेनपावर कम्पनमिा बुझाएको रकम भने फिर्ता भएको छ । ग्लोबल टाइम्स कुवेतमा बाँकी १९ जनाको भने समस्या जटिल रहेको एक युवाले जानकारी दिएका छन् । नेपालबाट कुवेत आएका कामदारहरु हरेक ठाउँमा ठगिँदै ठगिँदै कुबेत आएका छन् ।

नेपालबाट कुवेत आएको दुई महिना हुँदासमेत तलब नपाएपछि कामदारले नेपाली दूतावास कुवेतमा बल्लतल्ल खबर गरे । कम्पनीले एक महिना १५ दिनको तलब आएको जानकारी पाउँदा एकछिन त खुसी भए । तर त्यो खुशी केही सेकेन्डमै दुःखमा परिणत भयो । किनकि बेसिक तलब ८ घण्टाको ८५ केडि थियो ।

दैनिक रुपमा उनीहरुले १३–१४ घण्टा काम गरेका थिए उनीहरूको आकलन पनि राम्रै ओभरटाइम आउँछ भन्ने थियो, तर त्यो भएन । कम्पनीले विभिन्न शीर्षकमा काट्दै न्यूनतम तलबभन्दा पनि कम तलब आएपछि बुझ्न मानेनन् । अनि कम्पनीले उनीहरुलाई धम्क्याउँदै तलब बुझ्ने भए बुझ नत्र भने कम्पनीको रूम छोडेर जाड्न भन्यो ।

१२ घन्टाको थकानपछि १३ जना केटाहरुलाई न हातमा तलब छ । न बस्ने ठाउँ छ, न खाने कुरा । कम्पनीको काम ६ बजे सिद्धिएपछि रातको ९.४५ बजेसम्म पनि कम्पनीको गेट बाहिर रहनुपर्ने बाध्यता रहेको पीडितले गुनासो गरेका छन् । १० बजेपछि गैरआवासीय नेपाली संघको पहलमा बस्ने व्यवस्था भएको उनीहरुले बताए ।

एकसाता बितिसक्दा पनि कम्पनी, नेपाली दूतावास कुवेत र नेपाली कामदारबीच समस्या समाधान हुन सकेन । कामदारलाई बिहान दुतावासमा बोलाएर बेलुकासम्म राखेर फर्काइदिए । विवाद समाधान हुन नसक्दा कुवेतस्थित नेपाली दुतावासले कुनै निर्णय लिन सकेन । यसले नेपाली दूतावास कति कमजोर छ भन्ने यो अवस्थाले चित्रण गरेको छ ।

१३ जनामध्ये कति जना नेपाल जाने कति जना सोही कम्पनीमा काम गर्ने भन्नेबारे पनि दोधारमा नै छन् । कुवेतबाट पुष्कर धामीले ग्लोबल टाइम्स कम्पनीमार्फत भिसा निकालेर नेपाल पठाएपछि एजेन्ट र मेनपावर हुँदै अन्तिममा धर्म ओभरसिजमा कामदार पठाउने छनौट भयो । कुवेत पठाउन कामदारसँग १ लाख ४० हजारसम्म लिएको पीडितले बताए ।

नेपाली दूतावासले कम्पनीको बारेमा स्थलगत भ्रमण गरी कुवेतको संघ संस्थाको अध्यक्ष वा मेजर पदमा भएका व्यक्तिले माग लिएर जाँदा आँखा चिम्लेर पास गर्नु यो सरासर गल्ती गरेको आरोप छ । कुवेतमा समाज सेवाको नाममा खोलिएका संस्थाका अध्यक्षबाटै यस्तो काम हुन्छ भने अरुबाट के आशा गर्ने ? पीडितहरुको प्रश्न छ ।

नेपाली दुतावासको गैरजिम्मेवारी कारणले गर्दा नै यस्तो स्थिति आएको बुझिन्छ । यसमा सबैभन्दा गैरजिम्मेवारीपूर्ण काम श्रमसहचारीबाट नै भएको जानकारहरुको बुझाइ छ । यसलाई अहिले ढाकछोप गर्न खोज्दैछन् । नेपाली दूतावास कुवेत र कामदार कम्पनीबीच भएको एकहप्ताको छलफलपछि पुनः कामदारलाई पुन काममा फर्काउने काम भयो ।

एकहप्ताको लामो छलफलपछि नेपाली दूतावास कुवेत, कामदार र कम्पनीबीच भएको सहमति कागजमा मात्रै सिमित भयो । नेपाली दुताबास कुबेतको श्रम सहचारी यति लाचार भएकी नेपाली कामदारहरूको समस्या पर्दासमेत समस्याको समाधान गर्न सकेनन् र कम्पनीले जे भन्यो त्यही कुरामा हो मा हो लगाए ।

हरेक महिनाको १० गतेभित्र तलब दिने सहमति अनुसार हालसम्म कुनै कामदारले तलब पाएका छैनन् । न त कामदारलाई खानेकुराकै राम्रो व्यवस्था भएको छ । कुवेतमा नेपाली दूतावास कमजोरी हुनुको मुख्य कारण कुवेतमा च्याउझैं खुलेका संघसंस्थाहरु हुन् । किनभने दुतावासमा संघ–संस्थाका पदाधिकारी जान्छन् ।

आफु फलानो संस्थाको अध्यक्ष, उपाध्यक्ष, महासचिव मेरो काम जसरी पनि गर्दिनुपर्यो भनेर दुतवासमा धाउँछन् । १९ जना कामदारको समस्यामा ज्यूँको त्यू छ । कुवेतमा अलपत्र परेका नेपाली कामदारले आफुहरुलाई नेपाल झिकाइ दिन मिडियामा आग्रह गर्दासमेत न त कामदार लैजाने कम्पनीले चासो देखाएको न त दुतावासले नै चासो देखाएको छ ।

के भन्छ धर्म ओभरसिज ?

धर्म ओभरसिजका सञ्चालक सुमन गुरुङले अरबी भाषा नजान्दा समस्या भएको र सोही कारण केहीलाई दुख भएको आसय व्यक्त गरे । सञ्चालक गुरुङले भने, ‘पीडितका परिवारसँग संवाद भैरहेको छ । कम्पनीको एग्रिमेन्ट अनुसार काम नभए नेपाल फर्काइने योजना बनाइरहेका छौं ।’

के भन्छ कुवेतस्थित नेपाली दूतावास ?

कुवेतस्थित नेपाली दुतावासका श्रम सहचारी हेमकुमारले भने, ‘हामीले यो बिषयलाई गम्भिरतापूर्वक लिएका छौं । नेपाली दुतावास र कम्पनीका मालिकबीच कुराकारी भइरहेको छ । हामी निरन्तर समस्या समाधानतिर लागिरहेका छौं । कामदारलाई सहज वातावरण सिर्जना हुन्छ । सकभर कामदारलाई कुवेतमै काम गर्ने व्यवस्था गर्छाैं । कम्पनीले सम्झौता कार्यान्वयन नगरेमा दुतावासको सहयोगमा स्वदेश फिर्ता पठाउन सहजीकरण गर्छौं ।’

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार १२:५८