सूचनाको शक्ति - The Power Of Information

        

कति छ एलिजाबेथको व्यक्तिगत समपत्ति ?

बेलायतकी महारानी एलिजाबेथ द्धितियको ९६ वर्षको उमेरमा निधन भएको छ ।

महारानीले आफ्नो स्कटल्याण्डको बाल्मोरलस्थित निवासमा अन्तिम श्वास लिएकी हुन् । एलिजाबेथ द्धितियले सन् १९५२ मा आफ्ना बुवा जर्ज छैठौंको मृत्यु पछि २५ वर्षको उमेरमा बेलायत अधिराज्य सम्हालेकी थिइन्।

महारानी एलिजाबेथ द्धितिय बेलायतसहित अन्य १५ देशहरुकी महारानी थिइन् । सामान्यतया कुनै पनि देशका राजा वा रानीहरुसँग अकूत सम्पत्ति हुने प्रायको धारणा हुन्छ ।

अन्ररराष्ट्रिय संचारमाध्यमका अनुसार एलिजाबेथ द्धितियले करिब ५०० मिलियन डलर सम्पत्ति छोडेर गएकी छिन् । अब उनीपछि बेलायतका राजा बनेका छन् प्रिंस चाल्स ।

के हो बेलायतको राजपरिवारको आम्दानीको श्रोत ?
बेलायतका राजपरिवारको आम्दानीको मुख्य श्रोत करबाट हुने आय हो जसलाई सोभरेन ग्र्याण्ट भनिन्छ । यो वार्षिक रुपमा राज परिवारलाई दिइने गरिन्छ । यो ग्र्याण्टको सुरुवात किंग जर्ज तृतीयको समयमा भएको थियो ।

उनले संसदमा एक सम्झौता अन्तर्गत यस ग्र्याण्टको व्यवस्था गरेका थिए । यस सम्झौता बेलायतको इतिहासमा सिभिल लिस्टको नामले चिनिन्थ्यो । सन् २०२१ मा यसलाई सोभरेन ग्र्याण्टमा परिवर्तन गरिएको थियो ।

८६ मिलियन पाउण्डको सोभरेन ग्र्याण्ट
२०२१ र २०२२ मा सोभरेन ग्र्याण्टको रकम ८६ मिलियन पाउण्ड भन्दा धेरै तोकिएको थियो । सो रकमलाई रानीको आधिकारिक यात्रा,सम्पत्तिको रेखदेख र रानीको घर बकिंगहम प्यालेसको संरक्षण गर्न लाग्ने लागतमा खर्च गरिन्थ्यो ।

राजपरिवारको कुल अचल सम्पत्ति कति ?
फोब्र्स पत्रिकाका अनुसार बेलायतको राजपरिवारसँग २०२१ सम्ममा २८ बिलियन डलरको अचल सम्पत्ति थियो जसलाई बिक्री गर्न सकिँदैन । यी सम्पत्तिमा समावेश भएको द क्राउन स्टेटको मूल्य नै १९.५ बिलियन डलर छ ।

यसैगरी बंकिगहम महलको मूल्य ४.९ बिलियन डलर, द डची अफ कर्नवाल १.३ बिलियन डलर, द डची अफ ल्यांकेस्टरको मूल्य ७४८ मिलियन डलर, केन्जिंगटन महलको ६३० मिलियन डलर र स्कटल्याण्डको क्राउन स्टेटको मूल्य ५९२ मिलियन डलर रहेको छ ।

महारानीको व्यक्तिगत समपत्ति ५०० मिलियन डलरभन्दा धेरै
संचारमाध्यमका अनुसार महारानी इलिजाबेथले आफ्नो लगानी,गहना, कला संग्रह र रियल स्टेट होल्डिंग्सबाट करिब ५०० मिलियन डलर कमाएकी थिइन् । उनको मृत्युपछि अब यस सम्पत्ति उनका छोरा र बेलायतका राजा प्रिन्स चाल्सलाई हस्तान्तरण गरिनेछ ।

महारानीको निधनपछि अब प्रिन्स चाल्र्सलाई नै उनको उत्तराधिकारी घोषणा गरिएको छ । यसबाहेक अष्ट्रेलिया, क्यानडा र न्यूजील्याण्ड समेत १५ अन्य देशहरुका पनि उनी प्रमुख हुनेछन् ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार ०८:४८