सूचनाको शक्ति - The Power Of Information

        

दार्चुलामा बाढीको वितण्डा, करिब डेढ दर्जन घरहरू बगायो

 शुक्रबार राति देखिको अविरल वर्षाका कारण दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा ठुलो क्षति गरेको छ ।

करिब डेढ दर्जन घरहरू बगेका छन् भने हालसम्म ११ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । यस्तै, लास्कु खोलाको बीचमा फसेका एक जनाको सुरक्षाकर्मीले उद्धार गरेका छन् ।

उद्धार कार्यका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो ।

अविरल वर्षाले बंगाबगडको दशरथनगर स्कुलसँगै जोडिएका रोड तल तिरका सबै घर बाढीले बगाएको उहाँले बबताउनुभयो ।

दार्चुला टिकंर सडकमा पर्ने लास्कुखोला माथिको मोटर पुल बगाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार ०८:४४