सूचनाको शक्ति - The Power Of Information

        

बेलायती महारानीको निधनमा नेपालमा तीन दिन शोक

सरकारले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले महारानी स्व.एलिजाबेथको सम्मानमा शनिबारदेखि सोमबारसम्म शोक मनाउने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकले नेपालभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । सरकारले उनको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ ।

बेलायत सरकार, जनता एवं शोकसन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकारले समवेदना प्रकट गरेको छ । महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा यही बिहीबार निधन भएको हो ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार ०८:३१