सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेशमा प्रतिनिधिसभातर्फ कुन दलबाट को–को परे सिफारिस ?

लुम्बिनी प्रदेशका १२ वटा जिल्लाबाट प्रतिनिधिसभातर्फ २६ सिटका लागि दलहरुले आ–आफ्ना उम्मेदवार सिफारिस गरेका छन् ।

मुख्य दलहरुले प्रायः सबै जिल्लाबाट उम्मेदवार सिफारिस गरेका छन् भने केही निर्वाचन क्षेत्रमा टुङ्ग्याउन बाँकी रहेको जनाएका छन् ।

पाँच वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० ले क्षेत्र नं। १ बाट प्रतिनिधिसभातर्फ वामदेव क्षेत्री, घनश्याम यादव र मक्सुद अलीलाई उम्मेदवार सिफारिस गरेको छ ।

क्षेत्र नं। २ मा विनोद पहाडी, ३ हकिकुल्ला खां, ४ मा शन्तकुमार यादव र ५ मोहम्मद वकिल मुसलमानलाई सिफारिस गरेको छ । माओवादीले यी उम्मेदवारलाई एकल सिफारिस गरेको हो ।

नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं। १ मा अब्दुल रज्जाक, २ मा बालकृष्ण खाण, युवराज गिरी, चन्नु पौडेल, कृष्ण पोखरेल र गोकर्ण पौडेल, ३ मा वालकृष्ण खाण, ४ मा प्रमोद यादव र ५ मा भरत शाहलाई प्रतिनिधिसभातर्फ उम्मेदवार सिफारिस गरेको छ  । नेकपा एकीकृत समाजवादीले रुपन्देही–२ बाट राजु गुरुङलाई सिफारिस गरेको छ ।

एमालेले क्षेत्र नं। २ मा नेता विष्णु पौडेलको नाम एकल सिफारिस गरेको छ । त्यस्तै क्षेत्र नं। ५ मा खिमलाल भट्टराई र १ बाट छबिलाल विकसहित केही नेता सिफारिस गरेको भए पनि जिल्लास्तरमा विवाद भएका कारण सबै नाम सार्वजनिक गरिएको छैन । जिल्ला नेता तेजेन्द्र केसीले अहिले नाम सार्वजनिक गर्न नमिल्ने बताए ।

नेता घनश्याम भुसालको नाम क्षेत्र नं। १ र ३ बाट सिफारिस गर्न कार्यकर्ताले दबाब दिएपछि विवाद झन् चर्किएको बताइएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको पश्चिम नवलपरासीमा माओवादीले क्षेत्र नं। १ मा सीता बौडेल र रामानन्द यादव तथा २ मा घनश्याम यादव, भेषबहादुर खराल र रामधनी केवटलाई सिफारिस गरेको छ ।

एमालेले पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा दिपेन्द्र अधिकारी र २ मा बैजनाथ चौधरीलाई सिफारिस गरेको छ भने नेपाली कांग्रेसले १ मा बिक्रम खनाल, देवकरण जयसवाल, उषा बास्तोला, विनोद चौधरी र कुलदीप आचार्य र २ मा देवेन्द्रराज कँडेल, भीमबहादुर थापा, नरेन्द्र गुप्ता, र दुर्गा कोइरालाको नाम सिफारिस गरेको छ ।

दुई वटा निर्वाचन क्षेत्र भएको पाल्पामा माओवादीले क्षेत्र नं। १ मा लिला सोमै र २ मा अनिल किशोर घिमिरेलाई एकल सिफारिस गरको छ ।

कांग्रेसले १ मा ज्ञानबहादुर गाहा, दानबहादुर पछाइ, कल्प पौडेल र सन्दीप राना तथा क्षेत्र नम्बर २ बाट हरि नेपाल, वीरबहादुर राना र चिरञ्जीवी नेपाललाई सिफारिस गरेको छ ।

एमालेले १ बाट अनिलकिशोर घिमिरे र २ बाट ठाकुर गैरेलाई एकल सिफारिस गरेको छ । त्यस्तै एकीकृत समाजवादीले क्षेत्र नम्बर १ बाट लेखनाथ पोखरेल र २ बाट नेत्र पाण्डेलाई सिफारिस गरेको छ ।

दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा क्षेत्र नं। १ मा नेपाली कांग्रेसले चन्द्र भण्डारी, पारिश्वर ढकाल, योगराज कँडेल र भरत बस्नेतलाई तथा २ मा चन्द्र केसी, डा दामोदर भुसाल र त्रैलोक्यप्रताप सेनलाई सिफारिस गरेको छ ।

एमालेले गुल्मी क्षेत्र नम्बर १ मा प्रदीप ज्ञवाली र २ मा गोकर्ण बिष्ट, राजेन्द्र अर्याल र शेषकान्त गौतमलाई सिफारिस गरेको छ । माओवादीले क्षेत्र नम्बर २ मा वीरबहादुर कार्की, निमबहादुर पााण्डे र भिमकान्त भण्डारीलाई सिफारिस गरको छ भने १ मा नाम टुङ्ग्याउन बाँकी रहेको जनाइएको छ । नेकपा एकीकृत समाजवादीले गुल्मी–२ बाट रामकुमारी झाँक्रीको नाम सिफारिस गरेको छ ।

एउटा निर्वाचन क्षेत्र भएको अर्घाखाँचीमा नेपाली कांग्रेसबाट पुष्पा भुसाल, रेवती भुसाल, राम बीसी, विष्णु खनाल र लेखनाथ खनाल, एमालेबाट टोपबहादुर रायमाझी तथा माओवादीबाट चन्द्रप्रकाश खनाल र डिलाराम आचार्य सिफारिस भएका छन् ।

एक निर्वाचन क्षेत्र रहेको प्युठानमा एमालेबाट सूर्य थापा, कांग्रेसबाट डा गोविन्दराज पौडेल, अमर भण्डारी, सुवास किराती र शिवराज रिजाल तथा माओवादीबाट कृष्णध्वज खड्का सिफारिस भएका छन् ।

एक निवार्चन क्षेत्र भएको रोल्पाबाट माओवादीका कृष्णबहादुर महरा, वर्षमान पुन, जयपुरी घर्ती, झक्कुप्रसाद सुवेदी र ओनसरी घर्ती, एमालेबाट पूर्ण बुढा र कांग्रेसबाट अमरसिंह पुन सिफारिस भएका छन् ।

त्यस्तै एक निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा माओवादीबाट कमला रोका, गणेशमान पुन, दलजीत श्रीपाली र पूर्णबहादुर घर्ती, एमालेबाट टोपबहादुर ओली, कैलाश मल्ल र नुमेन्द्रा खड्का तथा कांग्रेसबाट हरिशंकर घर्ती, सत्यप्रकाश रोका र गोर्खलाल खड्का सिफारिसमा परेका छन् ।

प्रतिनिधिसभातर्फ तीन निर्वाचन क्षेत्र रहेको दाङमा क्षेत्र नं। १ मा नेपाली कांग्रेसबाट कृष्णकिशोर घिमिरे, योगेन्द्र चौधरी, प्रदिप थापा र अनुराग खड्का, २ मा राजु खनाल, घनश्याम रेग्मी, किरणकिशोर घिमिरे र भरत न्यौपाने, ३ बाट दिपक गिरी, कमानसिंह डांगी, यमप्रसाद पाण्डे, मदन रसिक, बिजुल विश्वकर्मा र राजेन्द्र धिताल सिफारिस भएका छन् ।

यस्तै एमालेबाट दाङ क्षेत्र नम्बर १ मा रेवतीरमण शर्मा, गंगा थारु र शान्ता चौधरी, २ मा शंकर पोखरेल, ३ मा युवराज ज्ञवाली, घनश्याम पाण्डे र कोमल ओली सिफारिस भएका छन् ।

एकीकृत समाजवादीले क्षेत्र नम्बर १ मा मेटमणी चौधरी, २ मा भागवत विक र ३ मा हिराचन्द्र केसीलाई सिफारिस गरेको छ । दाङमा माओवादीले भने उम्मेदवार सिफारिस गरिसकेको छैन ।

तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा नेपाली कांग्रेसले क्षेत्र नं। १ मा नारायण गौडेल, माधव खत्री र हुर्मत न्यौपाने, २ मा किरण कोइराला, सुनिलसिंह हमाल र वीरेन्द्र शाह, तथा ३ मा पूर्णबहादुर खड्का, आरजु देउवा र किशोरसिंह राठौरलाई सिफारिस गरेको छ ।

एमालेले बाँके– १ मा सूर्य ढकाल, देवराज भर, पुनज विक र बलराम भट्टराई, २ मा मोहम्मद हारुन, शिव डोटेल, रविन लम्सालसहित आठ जना, र ३ मा किस्मत कक्षपति, रतन खत्री र कृष्ण  सार्कीलाई सिफारिस गरेको छ ।

माओवादीले क्षेत्र नं।२ मा अतर हुसेन र भोला यादवलाई सिफारिस गरेको छ भने बाँकी क्षेत्रमा नाम टुङ्ग्याउन बाँकी रहेको जनाएको छ ।

त्यस्तै दुई निर्वाचन क्षेत्र रहेको बर्दियामा क्षेत्र नं। १ मा नेपाली कांग्रेसबाट संजयकुमार गौतम, महेन्द्र शर्मा, यमनाथ अधिकारीसहित आठ जना, २ बाट आरजु देउवा, किशोरसिंह राठौर, गोपाल दहित, प्रकाशमान राठौर, परशुराम थारु र मालती भण्डारी, एमालेबाट क्षेत्र नम्बर १ मा लक्ष्मण ज्ञवाली, लिला राना, कृष्णप्रसाद गौतम, कपिल ज्ञवाली र २ बाट भीम केसी, बिमला विक र पंकजसिंह राठौैर सिफारिस भएका छन् । बर्दियामा माओवादीले भने उम्मेदवार सिफारिस गरिसकेको छैन ।

त्यस्तै तीन निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा नेपाली कांग्रेसले क्षेत्र नं। ३ मा हरिप्रसाद पोखरेल र अभिशेकप्रताप शाहलाई सिफारिस गरेको छ भने क्षेत्र १ मा एमालेले बलराम अधिकारी, बिश्राम थारु, दानबहादुर चौधरी र सूर्यकुमार शाहीलाई तथा माओवादीले क्षेत्र नम्बर १ मा चक्रपाणी खनाल, कमल चुदाली र डोरप्रसाद पौडेललाई उम्मेदवार सिफारिस गरेको छ । कपिलबस्तुका बाँकी क्षेत्रमा दलहरुले नाम टुङ्ग्याइसकेका छैनन् ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार १९:१९