सूचनाको शक्ति - The Power Of Information

        

वीपी जयन्तीका अवसरमा वीपीको शालिकमा माल्यार्पण

नेपाली कांग्रेस बाँकेले १०९औं वीपी जयन्तीमा नेपालगञ्ज वीपी चोकस्थित वीपीको शालिकमा माल्यार्पण गरेको छ । सभापति नारायणप्रसाद गौडेल लगायत नेता कार्यकर्ताले वीपीको शालिकमा माल्यार्पण गरेका हुन् ।

बाँके कांग्रेसका नेता कार्यकताहरुको उपस्थितिमा आज विहान वीपीको शालिकमा माल्यार्पण गरिएको सचिव सुधांशु कोइरालाले बताए ।

माल्यार्पण कार्यक्रममा नेपाली कांग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइराला, लुम्बिनी प्रदेशका सांसद शंकर गिरी, लुम्बिनी प्रदेश कमिटी सदस्य टेकनारायण भुषाल, जिल्ला कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु लगायत उपस्थित थिए । यस्तै पार्टी कार्यालय प्रांगणमा रहेको वीपीको शालिकमा पनि माल्यार्पण गरिएको सचिव कोइरालाले बताए ।

नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (वीपी) को जन्मजयन्ती शुक्रवार देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

१९७१ साल भदौ २४ गते जन्मिएका कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस र पार्टीका भ्रातृ सङ्गठनले देशभर कार्यक्रम गरेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार १८:५५