सूचनाको शक्ति - The Power Of Information

        

अर्थ–डायरी

प्रधानमन्त्रीको भनाइले ‘वित्तिय संस्था डुबेको प्रमाणित’

कति वित्तिय संस्थाले अहिले विज्ञापन बजाएर सर्वसाधारणलाई बढी ब्याजको प्रभोलन देखाएर पैसा ल्याएर राख्ने र डुबाउने काम गरिरहेका छन् ।

असारदेखि अहिलेसम्म बैंकमा डिपोजिट राखेका मानिसहरुले आफ्नो पैसा निकाल्ने क्रम निकै बढिरहेको पाइन्छ । अहिलेसम्म २ खर्ब ५० अर्ब डिपोजिट रकम बैंकबाट सर्वसाधारणले निकालिसकेको बुझिन्छ । यतिछोटो समयावधिमा यत्रो रकम सर्वसाधारणहरुले बैंकबाट निकाल्नुको कारण पनि छ । आगामी चुनावका लागि कि नेताहरु पैसा निकालेको होइन भने नागरिकले नेपालको अर्थतन्त्र श्रीलंका भयो भनेर निकालेको पाइन्छ । यदि यो कुरा होइन भने नागरिकहरुले ब्याज खान राखेको पैसा किन यति छोटो समयावधिमा निकाले । बैंकहरुबाट निकालेको पैसा सबै सर्वसाधारणले घरमा लुकाएर राखिसकेका छन् ।

अब झन् प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीलाई तलब समेत विदेशी ऋण लिएर दिनुपर्ने भनेर बताइपछि सर्वसाधारणको वित्तियमा संस्थामा डिपोजिट निकाल्न लहरो लाग्ने छ । अब वित्तिय संस्थामा नागरिकले पैसा नै राख्दैनन् । साथै प्रधानमन्त्री देउवाका अनुसार अब देशमा आर्थिक संकट आइसकेको छ र अब मुलुक श्रीलंकाको बाटोमा हिँड्दैछ । अहिले वित्तिय संस्थामा पैसा राख्ने कोही छैन । बैंक, सहकारी, फाइनान्सहरुले अहिले त सर्वसाधारणको डिपोजिट फिर्ता गर्न सकेको छैन भने अब झन् यी संस्थाहरुमा भिडको लर्को लाग्नेछ । वित्तिय संस्थाहरुले सर्वसाधारणलाई जति बढी ब्याज दिन्छु भने पनि अब नागरिकले पैसा राख्दैनन् ।

अहिले बैंकहरुले डिपोजिटलाई १४ देखि १६ प्रतिशत ब्याज, सहकारीले १८ देखि २२ प्रतिशत ब्याज दिन्छु भनेर भन्छन् । यत्रो ब्याज दिन्छु भनेर यिनीहरुले भने पनि अब नागरिकले पैसा राख्दैनन् । अहिले नै नागरिकहरु मुद्दती खातामा राखेको पैसा हामीलाई ब्याज चाहिदैँन भनेर साँवा मात्र फिर्ता माग्न धाइरहेका छन् । अब झन् बैंक, सहकारीहरुमा सर्वसाधारणले मुद्दती खातामा राखेको पैसा सेवाशुल्क तिरी अवधि नपुगी निकाल्छु भन्नेको लाइन लाग्ने छ । अब वित्तिय संस्थामा पैसा निकाल्नेको लाइन हेरेर साध्य हुने छैन । नागरिकले एकवर्षदेखि वित्तिय संस्थामा संस्थाले जतिसुकै ब्याज दिन्छु भने पनि पैसा राख्दैन्थे । ब्याजको लोभमा साँवा नै डुब्छ भन्ने कुरा नागरिकले थाहा पाइसकेका थिए ।

अब प्रधानमन्त्रीले सरकारी कर्मचारीलाई तलबसमेत विदेशी ऋण लिएर दिनुपर्ने अवस्था आयो भनेर भनेपछि नागरिकले पनि अब वित्तिय संस्था डुब्यो र देशको अर्थतन्त्र धरायसी भयो भनेर थाहा पाइसकेका छन् । अब वित्तिय संस्थामा पैसा निकाल्नेको भिड हुन्छ । सहकारीहरु त पेसा दिन नसकेर भागिसकेका छन् । साथै नभागेका सहकारीहरुमा पैसा निकाल्नेको लर्को छ भने अहिले सहकारीहरुले १५ दिनमा ५ हजार रकम दिने गर्छ । अब सहकारीहरु यो ५ हजारसमेत नदिएर भाग्ने छन् । सहकारीहरुमा भएका लाखौँ नागरिकको १० खर्ब रुपैयाँ अब डुब्नेछ । बैंकहरु पनि टाप पल्टिने छन् । अब बैंकले कर्मचारीलाई तलब दिन सक्दैन । डिपोजिटको रकम फिर्ता गर्न सक्दैन र घरभाडा तिर्न सक्दैन । कति वित्तिय संस्थाले अहिले विज्ञापन बजाएर सर्वसाधारणलाई बढी ब्याजको प्रभोलन देखाएर पैसा ल्याएर राख्ने र डुबाउने काम गरिरहेका छन् ।

अब यी वित्तिय संस्थाहरुले जतिसुकै बढी ब्याज दिन्छु भने पनि ब्याजको लोभमा नागरिक फस्नुहुँदैन किनभने आजको ब्याजले भोलि सबै साँवा नै डुब्न सक्छ । बैंकले १ लाखको चेक साट्न गाह्रो मान्छ भने सहकारीले ५ हजार पनि फिर्ता गर्न सक्दैन । अहिले बजारमा आर्थिक तरलता वा संकट हुँदा नागरिकहरु निराशा छन् । सर्वसाधारणहरु आफुले खाइनखाइ वित्तिय संस्थामा जीवनभर कमाएर जम्मा गरेको पैसा डुब्ने हो कि भन्ने कुरामा चिन्तित छन् । नागरिकका अनुसार, अहिले बैंकमा पैसा निकाल्न गयो भने खाली ब्याज बढाइदिन्छु भनिने र सहकारीमा गयो भने खाली भाका सारेको सारेयै गर्ने गरिन्छ । नागरिकलाई न रातमा निन्द्रा न दिनमा भोक लागिरहेको छ । यता सहकारीहरुले पैसा खाएर भाग्दा घरमा उपचार गर्ने, बालबच्चा पढाउने र दशैं मनाउने पैसा पनि एकसुको छैन ।

सहकारीमा जाँदा त्यहाँ अध्यक्ष र चेयरम्यान कोही भेटिँदैन । कति सहकारीहरु सहकारीकै कर्मचारीलाई थाहा नै नदिइ भागेको कुरा पनि सुनिन्छ वा भेटिन्छ । पछिल्लो समय बैंकहरुले पनि न डिपोजिटको पैसा फिर्ता गर्छ न ब्याज नै दिन्छ भनेर नागरिक नै बताउँछन् । बैंकमा पैसा निकाल्नेको भिड छ, तर राख्ने कोही छैन । अब बैंक, फाइनान्स र सहकारीले पैसा फिर्ता गर्न सक्दैनन् भन्ने कुरा नागरिकले थाहा पाइसकेका छन् । नेपालमा अब ठुलो आर्थिक संकट आउँछ भन्ने कुरा पनि नागरिकले बुझिसकेका छन् । वित्तिय संस्थाले धितो रोका राखेर कर्जा प्रवाह गरेको मानिसहरुले महंगी ब्याजका कारण न ब्याज तिर्न सकेका छन् न साँवा नै ।

यी वित्तिय संस्थाहरुले मुख्य चार ठाउँमा लगानी गरेका छन् । ती हुन् ः जलविघुत, घरजग्गा, सेयर र गाडी । अहिले यिनीहरुका मूल्य घटेर मन्दी आइसकेको छ । २ वर्षअघि आनाको ३० लाखमा बिक्री हुने जग्गा अहिले आनाको ३ लाखमा बिक्री हुँदैन, एकवर्ष अघि एककित्ता सेयर २ हजारमा बिक्री हुन्थ्यो भने अहिले एक सयमा बिक्री हुँदैन । साथै यता एकवर्ष अघि ५ लाखमा किनेको सवारीसाधन अहिले १ लाखमा समेत बिक्री हुँदैन । यी वित्तिय संस्थाहरुले बढी सेवा शुल्क र ब्याज खानका लागि यीनै धितोमा कर्जा प्रवाह गरेका थिए । तर अहिले यिनीहरुको मूल्य घटेपछि यी वित्तिय संस्थाहरु डुबिसकेका छन् । पछिल्लो समय घरजग्गा, सेयर र गाडी बेच्ने यत्तिकै पाइन्छन्, तर किन्ने कोही छैन । अब वित्तिय संस्थाहरुले कर्जा दिएको ब्याज बढ्दै जान्छ तर धितोको मूल्य घट्दै जान्छ ।

अहिले नै यी वित्तिय संस्थाहरु डुबिसकेका छन् । अहिले सहकारीहरु त भाग्न सुरु भइसकेका छन् भने अबको ६ महिनामा बैंक र फाइनान्स पनि भाग्न सुरु गर्छन् । अब करोडौं मानिसहरुले वित्तिय संस्थाहरुमा जम्मा गरेका पैसाहरु डुब्छन् । सर्वसाधारणले पनि बुझ्दै नबुझी बढी ब्याजको प्रलोभनमा फसी जताजतै पैसा राख्दा आज यस्तो भएको हो । अहिले बैंकमा १ लाख रुपैयाँ डिपोजिट गर्छु भनेर भनेमा बैंकहरुले १६ प्रतिशत ब्याज दिन्छु भन्छन् । सहकारीले त २२ प्रतिशत ब्याज दिन्छु भन्छ । अब यिनीहरुले हामीले राखेको पैसा कहाँ लगानी गर्छ र यत्रो महंगो ब्याज हामीलाई कताबाट ल्याएर दिन्छ । त्यसकारण अब नागरिकले पनि पहिला सबैकुरा बुझेर मात्र आफ्नो पैसा राख्नुपर्छ । यी वित्तिय संस्थाहरुले यत्रो महंगो ब्याज दिनका लागि अब पैसा मिटर ब्याजमा लगानी गर्नुपर्छ ।

पछिल्लो समय मिटरब्याजमा ऋण लिने मानिसहरु घरजग्गा सबै साहुले खाइदिएर सडकमा रुवाबासी गर्दै आन्दोलन गरेर बसिरहेका छन् । वित्तिय संस्थाहरुले पनि मिटर ब्याजमा लगानी गरेका छन् । सहकारीबाट कर्जा खानेको ४२ प्रशित ब्याज र ५ प्रतिशत सेवाशुल्क पर्छ भने बैंकबाट कर्जा खानेको ३ प्रतिशत सेवाशुल्क र २४ प्रतिशत ब्याज पर्ने गर्छ । ३ वर्षअघि हामी नागरिकले सुनेको घटना भक्तपुरामा एक व्यक्तिले वित्तिय संस्थाबाट धितो राखेर ऋण खाएको तर ऋण तिर्न नसकेर आफूले पनि आत्महत्या गरेको र आफ्नो सम्पूर्ण परिवारजनलाई पनि मारेको थियो । वित्तिय संस्थाको ऋण तिर्न नसकेर कति मानिसहरु भाग्छन्, कति मर्छन् त कति लुकेर हिँड्ने गर्छन् ।

वित्तिय संस्थाकै कारण कति अर्बपति मानिसहरु पनि सडक छाप भएका छन् । यिनीहरुले पहिला महंगो ब्याजमा कर्जा दिने र पछि दुईदेखि तीन कित्ता तिर्न नसकेपछि सम्पूर्ण धितो नै लिलाम गरिदिएर मानिसलाई सडकछाप बनाइदिएको कुरा पनि हामीले सुनेकै छौं । वित्तिय संस्थाको दाधागिरी र लुटको धन्दा न सरकारले बन्द गर्छ न हामी नागरिक नै सडकमा उत्रिन सक्छौं । वित्तिय संस्थाहरु जसको राम्रो घरजग्गा छ त्यसलाई नै लोन प्रवाह गर्ने गर्छ । नागरिकको पैसा भनेचाहिँ एउटा भौचरको आधारमा लिने गर्छन्, तर संस्थाबाट कर्जा दिने बेला भनेचाहिँ नागरिकको घरजग्गा, सेयर र गाडी सबै पास गरेर वा रोक्का गरेपछि मात्र दिने गर्छन् । साथै १ करोड कर्जा दिएमा १० लाख घुस खाने र ३ प्रतिशत सेवा शुल्क पनि लिने गरिन्छ ।

सहकारीहरुले १ लाखको धितो छ भने ७० हजार दिने गर्छ तर त्यसमा पनि कमिशन दिनुहुन्छ । यिनीहरुले घुस नखाइ लोन नै दिँदैनन् । साथै दुई कित्ता साँवा, ब्याज नतिर्ने बित्तिकै धितो नै खाने गर्छन् । बैंकले १ करोडको धितो छ भने ५० लाखदेखि ६० लाख दिन्छ र तीन कित्ता नतिर्ने बित्तिकै पत्रिकामा निकालेर धितो नै खाने गर्छ । अहिले नागरिक ठग्ने र डुबाउने भनेको नै यीनै वित्तिय संस्थाले हुन् । ७५ प्रतिशत मानिसहरु वित्तिय संस्थाबाट पीडित वा ठगिएका छन् । बैंक, फाइनान्स र सहकारीका अध्यक्ष, चेयर म्यान र कर्मचारी जति सुकिलामुकिला हुन्छन् त्यतिनै नागरिक ठग्न सिपालु हुन्छन् । पछिल्लो समय नागरिकको नजरमा वित्तिय संस्थाहरु ठग हुन् र यिनीहरु हामीलाई नै ठग्न खुलिएका संस्थाहरु हुन् ।

नागरिक र व्यापारीहरुले पछिल्लो समय वित्तिय संस्थामा पैसा राख्न छोडिसकेका छन् र यी संस्थाहरु ठग हो भन्ने कुरा सबैले थाहा पाइसकेका छन् । वित्तिय संस्थाहरुको विरोधमा अहिले नागरिकले बोल्न सुरु गरिसकेका छन् भने सञ्चारकर्मीहरुले पनि यिनीहरुको विरोधमा कलम चलाउन आँट गरिसकेका छन् । वित्तिय संस्थाहरुको पर्दाभित्र बसेर नागरिक ठग्ने काम अब धेरै दिन टिक्ने छैन । वित्तिय संस्थाहरुले अब डिपोजिटलाई थोरै ब्याज र कर्जा दिनेलाई महंगो ब्याज लगाएर शोषण गर्ने दिनको छिटो नै अन्त्य हुने छ । बैंक, फाइनान्स र सहकारीका अध्यक्ष तथा चेयर म्यानहरु बोनस खाने र चिल्लो गाडी चढ्ने अनि नागरिक लुट्ने । पछिल्लो समय वित्तिय संस्थाका कर्मचारीलाई समेत नागरिकले ठग हुन् भनेर चिन्छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार ११:२५