काठमाण्डौमा चलिरहेको छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज श्रीलङ्का र भुटान खेल्दैछन् ।
खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । समूह ‘बी’ मा रहेको श्रीलङ्काको यो पहिलो खेल हो । भुटानको यो दोस्रो खेल हो ।
भुटान पहिलो खेलमा नेपालसँग ४–० गोलले पराजित भएको थियो । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स सहभागी छन् ।
साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान तथा समूह ‘बी’ मा नेपाल, श्रीलङ्का र भुटान रहेका छन् ।
सत्यपाटी । काठमाडौँ ।