बाँकेको जानकी गाउँपालिकामा सिकलसेल एनिमिया सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको शिलान्यास भएको छ । सहरी विकास मन्त्री मेटमणि चौधरीले बिहीबार अनुसन्धान केन्द्रको शिलान्यास गरेका हुन् ।
जानकी गाउँपालिका वडा नम्बर ३ मा बन्ने उक्त अस्पताल तथा अनुसन्धान केन्द्रको मन्त्री चौधरीले भवन निर्माणमा लाग्ने सम्पूर्ण बजेटको व्यवस्थापन सहरी विकास मन्त्रालयले गर्ने प्रतिबद्धता जनाए ।
सिकलसेलका बिरामीलाई लक्षित गरेर जानकीमा सात बिघा जमिनमध्ये १० कट्ठामा अस्पताल र अन्यमा सिभिल होमलगायत पार्किङस्थल, खेल मैदान र बगैँचा निर्माण गरिने भएको छ ।
उद्घाटन कार्यक्रममा नेपालगन्जका मेयर प्रशान्त बिष्ट, जानकी गाउँपलिका अध्यक्ष छब्बन खाँ, राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारू, जानकी वडा न–३ का वडा अध्यक्ष राजकुमार कुर्मी, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री लगयतको उपस्थिति रहेको थियो ।
सत्यपाटी । बाँके ।