सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

जाजरकोटमा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो जाजरकोट–डोल्पा सडक अन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–८ मालुवातडा नजिक ट्रक दुर्घटनामा परेको हो ।

रुकुम जिल्लाको राडीदेखि मैदा (पिठो) लिएर जाजरकोट तल्लुबगर जाँदै गरेको भे१ख३७३६ नम्करको मिनी ट्रक ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीको भनाई रहेको छ । कर्णाली प्रदेश प्रहरीका अनुसार ट्रक सडकदेखि तल भेरी नदीको किनारमा खसेको थियो ।

ट्रक दुर्घटनामा मृतकको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा रोल्पा गंगादेव गाँउपालिका–३ का नविन डाँगी घाइते भएका छन् । उनको उपचार भइरहेको छ । ट्रक चालक भेरीगंगा नगरपालिका–६ सुर्खेतका लक्षीराम विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार १८:२८