सूचनाको शक्ति - The Power Of Information

        

खेलकुदमा राजनिती नगरौं : मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेल क्षेत्रमा राजनीती नगर्न आग्रह गर्नुभएको छ ।

नेपाल भलिबल संघको नवौं चुनावी साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले सहमतीबाट संघकोनयाँ नेतृत्व चयन गर्न समेत आग्रह गर्नुभएको छ ।

काठमाडौंको बबरमहलस्थित कार्की ब्याङक्वेटमा आज (बुधबार) देखी सुरु भएको भलिबल संघको साधारणसभाको उद्घाटन गर्दै मन्त्री अथकले खेल क्षेत्रको संस्थागत विकासका लागि स्थापना भएका खेल संघहरु खेलकुदमै केन्द्रित हुनुपर्ने धारणा राख्नुभएको हो ।

खेल क्षेत्रको संस्थागत बिकासको अभिभारा बोकेका खेल संघमा देखिएको राजनैतिक विचलनतर्फ ईगित गर्दै मन्त्री अथकले भन्नुभयो, “तपाईहरु खेलकुदमा केन्द्रित हुनुहोस, राजनितिगर्ने त विभिन्न पार्टी छदैंछन नि ?”

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) काउपाध्यक्षशिवकोइराला, सदस्य सचिव टंकलाल घिसिङ लगायतले अधिवेशन सफलताको शुभकामनादिनुभएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार १९:४१