सूचनाको शक्ति - The Power Of Information

        

बझाङ जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन

बझाङ जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार एक कार्यक्रमका बीच उक्त भवन उद्घाटन गर्नुभएको हो । उहाँले आफ्नै भवन भएपछि न्याय क्षेत्रमा नागरिकका लागि सहज वातावरण बनेको बताउनुभयो ।

उहाँले हरेक व्यक्ति न्यायको पक्षमा भइरहने हुँदा न्याय पाउने स्थान नागरिकको सहज पहुँचमा रहनुपर्ने बताउनुभयो । साथै सेवाग्राहीहरुलाई सन्तुष्ट पार्न सके न्यायाधीश, कर्मचारी र कानून व्यवसायी सफल हुने र अदालतप्रतिको जनविस्वास बढ्ने उहाँको भनाई छ ।

कार्यक्रममा उच्च अदालत दिपायलका मुख्यन्यायाधीश नृपध्वज निरौलाले न्याय क्षेत्र नागरिकको प्राथमिकताको विषय भएकाले यसमा कानुन व्यवसायी सदैव गम्भीर हुनुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल र जिल्ला अदालत बझाङका न्यायाधीश नन्द्रकिशोर प्रसाद यादवले जिल्ला अदालतको भवन निर्माण सम्पन्न भएकोमा खुसी गर्नुभएको छ ।

भवन निर्माणका लागि ८ करोड ३६ लाख खर्चिएको जिल्ला अदालत बझाङले जानकारी दिए ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार १९:३६