सूचनाको शक्ति - The Power Of Information

        

डेंगु प्रकोप

डेंगुबाट बाँकेमा एकै दिन १२ वर्षिया बालिकासहित २ जनाको मृत्यु

विशेष सावधानी अपनाउन आग्रह

कोरोना महामारी कायमै रहेको अवस्थामा देशव्यापी रुपमा फैलिएको डेङ्गु रोगका कारण बाँकेमा दुई जनाको मृत्यु भएकोछ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत १२ वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर बद्री चापागाईले पुष्टि गरे ।

डेंगुबाट मृत्यु हुनेमा बढैयाताल गाउँपालिका–८ बर्दियाका ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका–६ कैलालीकी १२ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु भएको हो ।

डेंगुबाट एकै दिन बाँकेमा दुई जनाको मृत्यु भएसंगै यतिबेला नागरिकको स्वास्थ्य जोखिममा परेको छ । डेंगु रोगको जोखिमलाई मध्यनजर गर्दै मेसु डाक्टर बद्रीले सर्वसाधरणले विशेष सावधानी अपनाउन आग्रह गरे ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार १८:५७