सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज उप–महानगरपालिकाद्धारा उत्कृष्ट सेवा प्रवाह गर्ने स्वास्थ्य संस्था सम्मानित

नेपालगन्ज उप–महानगरपालिकाले गत आर्थिकवर्ष २०७८/७९ मा उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गरि गुणस्तरीय सेवा प्रदान गरे बापत उत्कृष्ट स्वास्थ्य सस्थालाई सम्मान गरेको छ ।

नगर प्रमुख प्रशान्त विष्ट, उप–प्रमुख कमरुद्धिन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा, वडा अध्यक्ष लगायतका जनप्रतिनिधीहरुको सहभागिता सम्पन्न गत आवको बार्षिक प्रगति समीक्षा गोष्ठीमा सर्बोत्कृष्ट हुने नेपालगञ्ज १३ स्थित उदयपुर स्वास्थ्य चौकी, द्वितीय हुने नेपालगञ्ज १४ स्थित भवानियापुर स्वास्थ्य चौकी र तेश्रो हुने नेपालगञ्ज २३ स्थित सहरी स्वास्थ्य क्लिनिकलाई सम्मान गरिएको हो ।

नगर प्रम्ुख विष्ट र उपप्रमुख राईले आम नगरबासीले बिश्वास गर्नेगरी सेवा प्रवाह गर्न सबै स्वास्थ्य संस्थाका प्रमुखहरुलाई आग्रह गरे ।

गोष्ठीमा नेपालगञ्ज उप–महानगरपालिका मातहत संचालित २३ वटैं स्वास्थ्य संस्थाले गत आवको प्रतिवेदन पेश गरेका थिए । सोमबार र मंगलबार भएको समीक्षामा स्वास्थ्यकर्मीसँगै सम्वद्ध वडाका वडाध्यक्ष लगायतका जनप्रतिनिधीहरुको समेत सहभागिता थियो ।

नेपालगञ्ज उप–महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामवहादुर चन्दले गोष्ठीमा नगरको स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न सुझाव प्राप्त भएको भन्दै गतवर्षका त्रुटी सच्चाएर आगामी दिनमा उच्च मनोबलका साथ स्वास्थ्यकर्मीहरु कार्यक्षेत्रमा खटिने बताए ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार ०८:५९