सूचनाको शक्ति - The Power Of Information

        

पाकिस्तानको सबै भन्दा ठूलो मन्छार ताल विष्फोट हुने जोखिममा

पाकिस्तानको सबै भन्दा ठूलो तालको पानीको स्तर घटाउने अन्तिम प्रयास असफल भएपछि स्थानीय अधिकारीहरूले यसको किनाराहरू फुट्नबाट रोक्न संघर्ष गरिरहेका छन् ।

भीषण मनसुनी वर्षाको कारण पाकिस्तानको एक तिहाई भू-भाग डुबानमा पर्ने गरी बाढी आएपछि सिन्ध प्रान्तको मन्छार ताल भरिएको थियो ।

हालसम्म तालको किनारमा ३ वटा प्वाल देखिएका छन् । सम्भावित खतराबाट जोगाउन आसपासका १ लाख मानिसलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको छ ।

ताल विष्फोट हुने खतरा कायमै रहेकाले उद्धार टोलीहरूले सम्भावित डुबान क्षेत्रबाट मानिसहरूलाई अन्यत्र लग्ने काम गरिरहेका छन् ।

राष्ट्रिय विपत्ति व्यवस्थापन निकायका अनुसार पाकिस्तानमा ३ करोड ३० लाख मानिस बाढीबाट प्रभावित भएका छन् । करिब १ हजार ३ सय १४ जनाले ज्यान गुमाएका छन् ।

बाढीको कारण १० अर्ब अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको छ । सिन्ध प्रान्तले पाकिस्तानको लागि ५० प्रतिशत खाद्यान्न उत्पादन गर्दै आएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार ०८:२२