दसैं, तिहार र छठका लागि २९ भदौदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंंकले नजिकिंदो चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही सुविधाको मिति तोकेको हो ।
सर्वसाधारणले काठमाडौं उपत्यकामा २९ भदौ र उपत्यका बाहिर भने २ असोजदेखि नयाँ नोट साट्न सक्ने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
राष्ट्र बैंकले २६ भदौदेखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्ने र सर्वसाधारणले उपत्यकामा २९ भदौ तथा उपत्यका बाहिर २ असोजबाट नयाँ नोट सटही गर्न मुद्रा व्यवस्थापन जनायो ।
गत वर्ष जस्तै यसवर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने उनले बताए । ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एक/एक वटा बन्डल हुने गरी १८ हजार ५०० रुपैयाँमा सीमा तोकिएको हो ।
नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय र प्रादेशिक कार्यलयका साथै बैंक तथा वित्तीय संस्थाहरुका विभिन्न शाखा कार्यलयनमा गएर पनि नयाँ नोट साट्न सकिने छ ।
राष्ट्र बैंकले बैंकहरुलाई नोट सटही सुविधा प्रदान गर्ने शाखा हेरर ५ देखि १० करोडसम्म प्रदान गरेको उनको भनाइ छ । राष्ट्र बैंकले नियमित रुपमा नै आफ्ना कार्यालयहरु र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट वितरण गरिरहेको भएपनि चाडपर्वमा नयाँ नोट सटही उच्च हुने हुँदा राष्ट्र बैंक्ले सोहीअनुसार व्यवस्थापन गर्दै आएको छ ।
राष्ट्र बैंकसँग साना दरका १० अर्ब भन्दा बढी नयाँ नोट मौज्दात रहेको र केही छपाइ भएर आउने क्रममा रहेकोले चाडपर्वमा नयाँ नोट सटही सुविधा उपलब्ध गराउन नहुने मुद्रा व्यवस्थापन जनाएको छ ।
गत वर्ष ८ अर्बको नयाँ नोट सटही भएको यो वर्ष केही कम माग हुन्छ भन्ने अनुमान गरिएको छ ।
सत्यपाटी । काठमाडौँ ।