हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थान भन्दा केही उत्तरतर्फ र पश्चिम तिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।
आज (मंगलबार) बिहान प्रदेश-१, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रहेकाे छ । त्यस्तै, अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, प्रदेश-१ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मंगलबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश र बाँकी प्रदेशहरूका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।
मंगलबार राति भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदलीदेखि सामान्य बदली हुनेछ । साथै बाँकी प्रदेशहरूमा भने आंशिक बदलीदेखि मौसम सफा रहनेछ ।
त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश र बाँकी प्रदेशहरूका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ।
त्यस्तै, प्रदेश-१ र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।
सत्यपाटी । काठमाडौँ ।