सूचनाको शक्ति - The Power Of Information

        

देशभर साक्षरता प्रतिशत ७८, मधेस प्रदेशमा शून्य

सरकारले साक्षरता अभियान सुरू गरेको १४ वर्षपछि अहिले देशभर ७८ प्रतिशत जनसंख्या साक्षर भएका छन् ।

अन्तर्राष्ट्रिय साक्षरता दिवसको पूर्वसन्ध्यामा सरकारले सार्वजनिक गरेको तथ्यांकमा साक्षर प्रतिशत ७८ पुगेको उल्लेख छ ।

तथ्यांकअनुसार ६ वर्षमाथिका ७८, १५–२४ वर्ष उमेर समूहका ९२, १५ वर्षमाथि ५८ र १५–६० वर्ष उमेर समूहका ८५ प्रतिशत गरी समग्रमा ७८ प्रतिशत साक्षर भएका छन् । साक्षर हुनेमा सबैभन्दा बढी ९२ प्रतिशत १५ देखि २४ वर्ष उमेर समूहका छन् ।

तथ्यांकअनुसार ६१ जिल्ला साक्षर घोषणा हुँदा मधेश प्रदेश साक्षरताको अवस्था भने शून्य छ । स्थानीय तहले जाँगर नदेखाउँदा तराईका ८ जिल्ला साक्षर हुन सकेको छैन् ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार ०८:१३