सूचनाको शक्ति - The Power Of Information

        

२४ घण्टामा २ सय २१ जनामा काेराेना पुष्टि, २ सय ६ जना निकाे

पछिल्लो २४ घण्टामा दुई सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी चार हजार ५८ जनाको नमुना परीक्षण गर्दा दुई सय २१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा दुई सय ६ जना सङ्क्रमित निको भएका छन् । नेपालमा अहिले दुई हजार चार सय ४४ जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमणका कारणा २४ घण्टामा कसैको पनि ज्यान गएको छैन ।

यसैबीच थप दुई लाख ६९ हजार ६ सय जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार १८:१७