सूचनाको शक्ति - The Power Of Information

        

खजुरामा ६ दिन नि:शुल्क आँखा शिविर संचालन हुने

बाँकेको खजुरा गाउँपालिकाले ६ दिनसम्म नि:शुल्क आँखा शिविर संचालन गर्ने भएको छ । गाउँपालिकाले सूचना जारी गर्दै शिविर संचालन गर्ने जनाएको हो ।

हरेक वडाका जनतामाझ स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले गाउँपालिकाले शिविरको आयोजना गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नृपराज उपाध्यायले जानकारी दिए ।

शिविर भदौ २६ देखि ३१ गतेसम्म संचालन गरिने प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले जनाए । २६ गते स्वास्थ्य चौकी राधापुर, २७ गते स्वास्थ्य चौकी सीतापुर, २८ गते खजुरा अस्पताल, २९ गते स्वास्थ्यचौकी उढरापुर, ३० गते स्वास्थ्य रनियापुर र ३१ गते स्वास्थ्यचौकी सोनपुरमा शिविर संचालन गरिने गाउँपालिकाले जनाएको छ ।

शिविरका लागि नेपालगन्जमा फुल्टेक्रामा रहेको फत्तेवाल आँखा अस्पतालसँग सहकार्य गरिएको गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले जानकारी दिइन् ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार १८:१०