सूचनाको शक्ति - The Power Of Information

        

जिल्ला प्रहरी कार्यालय बाँकेलाई मन्त्रालयको सम्मान

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालय बाँकेलाई सम्मान गरेको छ ।

मन्त्रालयले सोमबार मानव बेचविखन तथा ओसारपसारविरुद्धको १६औं राष्ट्रिय दिवस–२०७९ को अवसरमा मानव बेचविखन तथा ओसारपसार, रोकथाम, नियन्त्रण र अनुसन्धानको क्षेत्रमा पीडित–प्रभावितहरुको उद्धार तथा न्याय पहुँच पुर्याएको भन्दै जिप्रका बाँकेलाई सम्मान गरेको हो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीलाई सम्मान प्रदान गरिन् ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार १७:५८