हामीहरु बिरामी भएपछि औषधी किन्नका लागि मेडिकल जान्छौं । मेडिकलमा औषधी बिक्रीवितरण गर्ने नागरिक वा व्यवसायीहरुले हामीलाई चेकजाँच नै नगरी औषधी दिने गर्दछ । यसरी चेकजाँच नै नगरी औषधी दिँदा एक रोग लागेको छ भने व्यापारीले अर्को रोगको औषधी दिने गर्छ । त्यस्तो औषधी खाँदा बिरामी निको हुनुको साटोमा झन् अर्को रोगको सिकार हुने गर्छ । यस्ता मेडिकलहरु कतिपय त दर्ताबिनै चलाइरहेको पाइन्छ । सरकारले कति औषधीहरु नागरिकलाई निःशुल्क रुपमा दिने भनेर निर्णय गरेको छ । नागरिकहरु दिनभरिको बाटो हिँडेर सरकारी जनस्वास्थ्य कार्यालयमा जाँदा त्यहाँ निःशुल्क दिने औषधी छैन भनेर खाली हात पठाइन्छ ।
सरकारद्धारा जनस्वास्थ्य कार्यालयमा नागरिकको लागि भनेर निःशुल्क पठाएको औषधीहरु त्यहाँका कर्मचारीहरुले नागरिकलाई नदिई मेडिकलहरुमा लगेर बेच्ने गर्छन् । नागरिकले तिरेको करबाट सरकारले नागरिकलाई औषधी निःशुल्क रुपमा दिएको हुन्छ तर यसरी औषधी किन्दा पनि स्वास्थ्य मन्त्री, सचिव वा विभागका महनिर्देशकले कमिशन खाने गर्छन् । यता गरिब नागरिकका लागि भनेर आएको निःशुल्क औषधी पनि स्वास्थ्य कार्यालयका कर्मचारीहरुले बेचेर पैसा कमाउँछन् । गरिब नागरिकहरु औषधी नपाएर मरिपरिहेको छन् तर सरकारी कर्मचारीलाई केही चासो छैन । यस्तो हुँदा पनि सरकार किन अनुगमन गर्दैन ।
स्वास्थ्य कार्यालयमा सरकारद्धारा आएको निःशुल्क औषधीहरु नागरिकको हातमा पनि जाँदैन र सरकार पनि अनुगमन गर्दैन । नागरिकले निःशुल्क औषधी पाएनन् भनेर वडाध्यक्ष र मेयर पनि बोल्दैनन् बरु उनीहरु पनि कमिशनमै फुर्किन्छन् । आफ्नो वडा वा गाउँपालिकामा सरकारले कति निःशुल्क औषधीहरु पठाएको थियो भनेर न त्यहाँका नागरिकलाई नै थाहा हुन्छ न सञ्चारकर्मीलाई नै थाहा हुने गर्छ । कर तिर्ने नागरिक, औषधी किन्ने रकम पनि नागरिक कै तर त्यो सबै खाने तै सरकारी कर्मचारीहरु । नागरिककै मत पाएर वडाध्यक्षदेखि राष्ट्रपतिसम्म हुने गर्छन्, तलबभत्ता खाएर चिल्लो गाडी चढ्छन् तर नागरिकलाई भने एउटा सिटामोल पनि निःशुल्क नपाएर मरिरहेका छन् ।
सरकारले जतिसुकै औषधीहरु नागरिकको नाममा पठाएर पनि ती औषधीहरु नागरिकले कहिल्यै देख्न पाउँदैनन् । सरकारले नागरिकको नाममा पठाएको निःशुल्क औषधीहरु स्वास्थ्य क्षेत्रमा आवद्ध सरकारी कर्मचारीले बेचर खाने गर्छन् । उनीहरु नागरिकले नै तिरेको करबाट तलबभत्ता खाने गर्छन् तर नागरिकलाई नै निःशुल्क औषधी नदिएर मार्नै गर्छन् । पैसाका निम्ति नागरिकमाथि यसरी खेलबाड गर्ने गर्छन् । के यस्ता भ्रष्टाचारी वा दलाली कर्मचारीहरुले हामी सरकारी कर्मचारी हौँ भनेर भन्न सुहाउँछ । अहिले गाउँदेखि सहरसम्म र बुढोदेखि बच्चासम्मले नेपालका सरकारी कर्मचारीले आज नेपाल नै डुबायो भनेर भन्ने गर्छन् ।
सहरतिर दश घरको फरकमा मेडिकलहरु भेटिन्छ, तर गाउँतिर एउटा वडामा एउटा मेडिकलसमेत छैन । के गाउँका नागरिक चाहिँ बिरामी हुँदैनन्, के उनीहरु चाहिँ नेपाली नागरिक होइनन् । औषधी बेच्ने मेडिकलहरु नाफा कमाउन सहरतिर केन्द्रित हुन्छन् भने गाउँतिर हुँदैनन् । अहिले पनि गाउँमा कोही नागरिकलाई ज्वरो आएमा एक दिनको बाटो हिँडेर सिटामोल किन्न जानुपर्ने बाध्यता छ । आज पनि गाउँमा मेडिकल नहुँदा वा आर्थिक कमजोरीका कारण कयौं नागरिक ज्वरो लगायतका सामान्य रोगका कारण मर्नुपरेको छ । गाउँबाट कोही बिरामी बोकेर मेडिकल वा अस्पताल ल्याए पनि ऊसँग पैसा छैन भने अस्पतालले उपचार पनि गर्दैन र औषधी पनि दिँदैन ।
सरकारी अस्पतालमा पनि बिरामीको पहिला चेकजाँच गर्नुअघि नै डाक्टर, नर्सले बिरामीलाई पैसा बुझाउनु भनेर भन्ने गर्छन् । पैसा काउण्टरमा डिपोजिट नगरेसम्म सरकारी अस्पतालमा पनि डाक्टर तथा नर्सले बिरामीलाई छुने गर्दैनन् । निजी अस्पतालमा त बिरामी भर्ना गर्नुअघि नै यो नागरिक कतिको धनी छ भनेर सम्पूर्ण जानकारी पत्ता लगाइन्छ । उनीहरु नागरिक धनी भएमा भर्ना गर्छन् तर गरिब भएमा बेड छैन वा डाक्टर छैन भनेर फकाउने गर्छन् । निजी अस्पतालहरुले नागरिक मरेपनि त्यो नागरिकको उपचार भइरहेको बताएर बिरामीको आफन्तसँग पैसा लिने गर्दछ । यी अस्पतालहरुमा उपचार गर्न जानु भनेको आफनो घरखेत नै सिध्याउनु हो ।
पछिल्लो समय निजी अस्पतालहरुको ठगको धन्दा निकै मौलाएकोले नागरिकको नजरमा निजी अस्पतालहरु ठग हुन् । निजी अस्पतालहरुमा बिरामीले तिर्ने बेड चार्ज पनि यिनीहरुले नै तोकेका हुन्छन् । यी अस्पतालहरुले नागरिकलाई उपचारको नाममा लुटिरहेका छन् । निजी अस्पताल, विद्यालय, कलेज आदीमा सबै लगानी राजनीतिक दलहरुको रहेको हुन्छ र यिनैहरुले नै पर्दाभित्र बसेर शिक्षा र स्वास्थ्यको नाममा नागरिक ठगीरहेका छन् । अहिले गरिब नागरिकहरु उपचार गर्ने पैसा नभएर रोगका कारण मरिरहेका छन् भने नेपालका राजनीतिक दलका नेता वा सरकारको उच्च पदमा पुगेकाहरु नेपालमा उपचार नगरिने नागरिकले तिरेको करबाट विदेशमा गएर उपचार गरिरहेका छन् ।
नागरिकलाई स्वास्थ्य निःशुल्क भनेर झुक्याए पदमा पुग्ने र पदमा पुगेपछि औषधी खाने कम्पनीसँग कमिशन खाएर स्वास्थ्य सेवा झन् महंगो गर्ने यस्ता दोहोरो चरित्र भएका नागरिकहरुको दिन कहिले अन्त्य हुन्छ । कति नागरिकहरुसँग पैसा हुँदैन तर रोग लागेर बिरामी भइरहेका हुन्छन् । त्यस्ता नागरिकहरुलाई न मेडिकलले नै उधारोमा औषधी दिन्छ न उसले किनेर नै खान सक्छ । मेडिकलहरुले औषधी नदिँदा त्यो नागरिक मर्नुपर्ने स्थितिमा पुग्ने गर्छ । सरकारी वा निजी अस्पतालको छेउमा औषधी बेच्न राख्ने पसलेहरुले डाक्टर, नर्सहरुलाई कमिशन दिन्छन् र बिरामीलाई आवश्यक नै नपर्ने औषधीहरु लेख्न लगाउँछन् ।
यता डाक्टर, नर्सहरुलाई कमिशन भए पुग्छ भने उता बिरामीको आफन्तसँग औषधी किन्ने पैसा छ वा छैन भनेर उनीहरुलाई कुनै मतलब हुँदैन । औषधी बनाउने कति निजी कम्पनीहरुले औषधीमा विभिन्न मिसावट गरेको हुन्छ र त्यो औषधीहरु खानयोग्य वा गुणस्तर छ वा छैन भनेर स्वास्थ्य विभाग र स्वास्थ्य मन्त्रालयले पनि अनुगमन गर्दैन । औषधी बनाउने कम्पनीहरुले आफू कमाउनका लागि रोग निको नहुने, तौल घटबढ गर्ने र गुणस्तरीय नहुने खालका औषधीहरु बजारमा बिक्रीवितरण गरेको सुनिन्छ र भेटिन्छ । स्वास्थ्य विभागका महानिर्दैशक र स्वास्थ्य मन्त्रीलाई कमिशन भए पुग्छ भने हामी आम नागरिको ज्यान जोखिममा पर्छ । कति औषधी बेच्ने मेडिकलहरुले डेट वा म्याट सकिसकेको औषधीहरु बिक्रीवितरण गर्ने गर्छन् ।
साथै मेडिकलहरुले नागरिकलाई कस्तो खालका औषधीहरु बेचिरहेको छ भनेर सरकार पनि अनुगमन गर्दैन । बिरामी नागरिकहरुले रोग ठिक हुनका लागि औषधी त किनेर खान्छन् तर त्यो औषधी महंगो हो कि सस्तो हो भनेर बिरामी नागरिक र सरकारलाई नै थाहा छैन । जति पनि औषधीहरु नेपालमा बन्ने गर्छ त्यो सबै औषधीको मूल्य निर्धारण औषधी बनाउने कम्पनीहरुले गर्ने गर्छ । औषधी जस्ता महत्त्वपूर्ण चिज पनि सरकारले निजी कम्पनीहरुको हातमा छोडिदिँदा आज आर्थिक कमजोर भएका नागरिकहरु औषधी किन्ने पैसा नभएर ज्वरोजस्ता रोगले पनि मरिरहेका छन् । यदि सरकारले औषधीको मुल्य निर्धारण गर्ने हो भने अहिलेको भन्दा आधा नै सस्तो हुनेछ ।
औषधी महंगो वा किन्ने पैसा नभएर अहिलेपनि नागरिकहरु बाँच्ने इच्छा हुँदाहुँदै मरिरहेका छन् । यसरी सरकार औषधी बनाउने कम्पनीसँग लम्पसार पर्दा वा औषधी बनाउने कम्पनीसँग सरकारमा बस्नेहरुले कमिशन खाँदा औषधी बनाउने कम्पनी र बेच्ने मेडिकल त मालमाल भए तर नागरिक भने महंगीको मारमा परे । यदि कसैलाई रोग लाग्यो तर ऊसँग औषधी खाने पैसा छैन भने त्यो नागरिक औषधी खान नपाएर मर्नुपर्ने अवस्था सिर्जना भएको छ । अहिले पनि कति नागरिकहरु उपचार गर्ने पैसा वा औषधी खाने पैसा नभएर घरमै रोग पालेर बसिरहेका छन् । गाउँतिर अहिलेपनि आर्थिक कमजोर, अशिक्षित वा गरिबीका कारण कोही नागरिक बिरामी भएमा बाँधेर वा सुताएर राख्ने गरिन्छ ।
अहिले ३५ प्रतिशत नागरिकहरुले पैसा भएर उपचार पाएका भने बाँकी नागरिकहरुले आर्थिक कमजोरीका कारण उपचार वा स्वास्थ्य सेवा पाएका छैनन् । पछिल्लो समय पनि कतिपय दिदीबहिनी वा आमाहरु पाठेघर खसे पनि उपचार गर्ने पैसा नभएर घरमै रुएर बसिरहेका छन् । राजनीतिक दलहरुले जहिले पनि जति पनि स्वास्थ्य र शिक्षा निःशुल्क भनेर ठुलाठुला भाषणा गरे पनि अहिलेसम्मकै सबैभन्दा बढी भ्रष्टाचार वा विकृति नै यिनै क्षेत्रमा रहेको पाइन्छ । अहिले पनि कयौँ नेपाली नागरिकहरुको खुट्टामा एक जोर चप्पल छैन, जिउमा कपडा छैन र बस्नका लागि बासस्थान छैन । यसतो हुँदा उनीहरुले आफ्नो बालबालिकाहरुलाई कसरी शिक्षा र स्वास्थ्य सेवा दिन सक्छन् ।
राजनीतिक दलहरुले जहिलेपनि नागरिकलाई शिक्षा र स्वास्थ्य निःशुल्क गरिने भनेर भोट लिन्छन् तर पछि निजी विघालय र औषधी कम्पनीहरुसँग कमिशन खाएर बस्छन् । अहिले कुनै नागरिकलाई रोग लाग्यो भने ऊसँग पैसा छ भने उसले उपचार पाउँछ, तर पैसा छैन भने सिध्यै मर्नुपर्छ । निजी अस्पतालहरुमा बिरामी गएमा त्यहाँ सध्य नागरिकलाई नै बिरामी बनाएर मार्ने गरिन्छ भने सरकारी अस्पतालमा डाक्टरको टाइम नै पाइँदैन । सरकारी अस्पतालका डाक्टरहरु नागरिकले तिरेको करबाट तलब खान्छन्, तर काम भने गर्दैनन् । उनीहरु राजनीतिक पार्टीको झोला बोक्छन् र निजी क्लिन्कमा गएर काम गर्ने गर्छन् ।
औषधी बनाउने कम्पनीहरुले राजनीतिक पार्टीको सदस्य लिएर औषधी महंगोमा बेचेर नागरिक ठगीरहेका छन् । सरकार औषधी पसलहरु अनुगमन गर्दैनन् भने यता मेडिकलहरुले पनि अशिक्षित वा आर्थिक कमजोर भएका नागरिकहरुलाई औषधी दोब्बर मूल्यमा बेचेर ठगिरहेको छ । औषधी पसलेहरुले बिरामीलाई गलत खालका औषधीहरु दिँदा नागरिकको ज्यान जान्छ, तर सरकारले त्यस्ता पसलेहरुलाई कारबाही गर्दैन । मेडिकलमा औषधी बेच्न बसेका कतिपय नागरिकहरु नपढेका पनि हुने गर्छन् जसले गर्दा डाक्टरले एउटा औषधी भनेको ठाउँमा उसले अर्को औषधी बिरामीलाई दिँदा बिरामीको ज्यान समेत जाने गर्छ । आज कयौँ नागरिकहरु गलत औषधीका कारण मरिरहेका छन् ।
सरकार किन नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्ने औषधी कम्पनी वा मेडिकलहरुलाई कारबाही गर्दैन । सरकारी अस्पतालले बिरामीको राम्रोसँग उपचार नगर्ने र निजी अस्पतालले नागरिकलाई ठग्ने हो भनी त अब नागरिकले कताबाट स्वास्थ्य सेवा पाउने ? सरकारले सरकारी कर्मचारीहरुलाई जतिसुकै तलबभत्ता बढाएपनि यिनीहरुले नागरिक ठग्न कहिले बिर्सैनन् । आज यिनै राजनीतिक दल र सरकारी कर्मचारी मिलेर देश र नागरिक नै डुबाउन थालेका छन् । जनताले तिरेको कर सबै सरकारी कर्मचारीलाई तलबभत्ता र सरकारी गाडी दिदँै सिधिँयो तर आज हामी नागरिक भने बिरामीको अवस्थामा हाम्रै करबाट किनेको औषधी पनि नपाएर मर्नुपरिरहेको छ ।
एकजोर कपडा र चप्पल लगाउन नसक्ने नेपाली नागरिकको टाउकोमा आज यिनीहरुले नै ७१ हजार विदेशी ऋणा पुर्याए । आज यिनीहरु त मालामाल भए तर हामी नागरिक र राष्ट्र कंगाल भयो । देशमा राजनीतिक परिवर्तन भएपछि गरिब नागरिकले उपचार पाएर बाँच्न पाउँछन् भनेर आशा गरिएको थियो, तर त्यो आशा निराशामा बदलियो । देशमा राजनीतिक परिवर्तनको फाइदा राजनीतिक दलका नेता र सरकारी कर्मचारीलाई मात्र भयो भने नागरिक महंगीको मारमा परे । महंगीका कारण नागरिकहरुले न उपचार गर्न पाए न खान नै पाए । आज नागरिकहरु कि भोकभाकै मर्नुपरिरहेको छ कि उपचार नपाएर रुँदै बसिरहनु परिरहेको छ । यो सबै राजनीतिक दल र सरकारी कर्मचारीहरुकै कारणले गर्दा हो ।
रुषा थापा ।