नेपालगन्ज उपमहानगरपालिकाभित्र स्थानीय ब्यक्तिमा पनि डेंगु रोगको संक्रमण देखिएको छ । नेपालगन्जको बसपार्क क्षेत्रमा बसोबास गर्ने एकजनामा डेंगु देखिएको हो ।
स्थानीयमा डेंगु देखिएपछि अन्य ब्यक्तिमा सर्न नदिनका लागि डेंगु सार्ने लामखुट्टे नष्ट पार्ने कार्यक्रम सञ्चालन गरिने भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, स्वास्थ्य कार्यालय बाँकेका दुर्गा गौतम सहितको सहभागितामा वडा नम्बर–४ को कार्यालयमा आईतबार स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, विद्यालयका शिक्षक सहितको सर्वपक्षीय बैठकले सोमबारदेखि लामखुट्टे नष्ट पार्ने तथा जनचेतनामुलक कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।
वडा नम्बर–४ का अध्यक्ष गोपाल पुनले डंगुबाट नगरबासीलाई जोगाउन सचेतना जगाउन आवश्यक भएको बताए ।
सत्यपाटी । बाँके ।