सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आज नेपालगन्ज आउँदै

बिहान ९ बजे पत्रकार भेटघाट

 राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन सोमबार नेपालगन्ज आउने भएका छन् । उनले प्रतिनिधी सभाको आइतबारको बैठकमा संसद पदबाट राजिनामा घोषणा गरेका थिए ।

आगामी मंसिर ४ गते प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा भइसक्दा पनि संसदको आयु लम्ब्याउने निर्णयप्रति असन्तुष्टी जनाउँदै उनले भत्ता खानका लागि मात्रै संसदमा अब उपस्थित हुन नसक्ने बताएका थिए । उनको राजिनामा आएपछि सामाजिक सञ्जालभरी प्रशंसा भइरहेको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देन सोमबार बिहानको पहिलो उडानबाट नेपालगन्ज आईपुग्ने कार्यक्रम रहेको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए । उनी करिव दुई घण्टा जति नेपालगन्जमा बसेर बर्दिया जाने कार्यक्रम रहेको देवकोटाले बताए ।

राप्रपा बाँकेले अध्यक्ष लिङ्देनको प्रमुख आथित्यतामा नेपालगन्जमा बिहान ९ बजे पत्रकार भेटघाट आयोजना गरेको उनले जानकारी दिए । ‘केन्द्रिय अध्यक्ष ज्यु बिहान नेपालगन्ज आईपुग्ने कार्यक्रम छ, त्यसपछि ९ बजेतिर पत्रकार भेटघाटमा सहभागी हुनुहुन्छ,’ देवकोटाले भने ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार ०७:३५