बाँकेको खजुरा गाउँपालिकामा रहेको शुसील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा टेकेन्द्र मल्ल मनोनीत भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार उनलाई मनोनीत गरेको हो ।
मन्त्रालयका अनुसार आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको निर्णयनुसार मल्ललाई शुसील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समिति गठन आदेश २०७३ को दफा ३ उपदफा २ (क) बमोजिम ३ वर्ष पदावधि रहने गरी मनोनीत गरिएको हो ।
मल्ल अनेरास्ववियू केन्द्रीय कमिटीका सविच तथा लुम्बिनी प्रदेश अध्यक्ष पनि हुन् ।
सत्यपाटी । बाँके ।