तीन पटकसम्म आफुसँग प्रतिष्प्रर्धा गरेर पराजित भएका नेकपा (माओवादी) केन्द्र सुदूरपश्चिम इन्चार्ज खगराज भट्टलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएर प्रदेश सभा सदस्य उम्मेदवारी दिन सहमति गरेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गृह प्रदेशमा आफ्नै दलका नेताहरुको व्यवस्थापन गर्न सकस परेको छ ।
प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका नेता भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री बनाउने आश्वासन दिएर गठबन्धनका तर्फबाट प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ बाट प्रदेश सभा सदस्य उम्मेदवार बनाउने सहमति गर्नु भएको हो ।
तर, सो क्षेत्रबाट प्रदेश सभा सदस्य उम्मेदवार बन्न लामो समयदेखि तयारी गरेका कांग्रेस डडेल्धुराका सभापति भिमबहादुर साउदले गठबन्धनमा आवद्ध राजनीतिक दलहरुबीच स्वच्छ प्रतिष्प्रर्धा हुने र डडेल्धुरामा गठबन्धन नहुने बताउनु भयो ।
कांग्रेस डडेल्धुरा जिल्लामा एक्लै निर्वाचनमा होमिने तयारीमा छ । गठबन्धनमा संलग्न राजनीतिक दलहरुबीच स्वच्छ प्रतिष्प्रर्धा हुने कांग्रेस डडेल्धुराका नेताहरु बताउछन ।
कांग्रेस डडेल्धुराका सभापति साँउद आफैं मुख्यमन्त्रीका शशक्त दाबेदार भएको र साँउदलाई मुख्यमन्त्री बनाउने आश्वासन प्रधानमन्त्री देउवाबाट प्राप्त भएको निकटस्थ नेताहरु बताउछन ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
सत्यपाटी । डडेल्धुरा ।