सूचनाको शक्ति - The Power Of Information

        

एसिया कप क्रिकेटको सुपर चारमा पाकिस्तानसँग भारत ५ विकेटले पराजित

एसिया कप क्रिकेटको सुपर चार अन्तर्गतको खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले हराएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गएराति भएको खेलमा भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर भेट्टायो ।

पाकिस्तानका लागि मोहमद रिजवनले ७१ रनको अर्धशतकीय पारी खेले । यस्तै, मोहमद नवाजले ४२, आशिफ अलिले १६, फकर जमानले १५ तथा  कप्तान बाबर आजम र खुस्दिल शाहले १४ रन जोडे ।

भारतका भुवनेश्वर कुमार, अश्रदीप सिंह, रवि बोस्नोई, हार्दिक पाण्डय र युजभेन्द्र चाहलले १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो ।

भारतका लागि विराट कोहलीले ६० रनको अर्धशतकीय पारी खेले । यस्तै, कप्तान रोहित शर्मा र केएल राहुलले समान २८/२८ रन बनाए ।

दीपक होडाले १६, ऋषव पन्त १४ र सूर्यकुमार यादवले १३ रन बनाए ।  पाकिस्तानका शादव खानले २ विकेट लिए भने नसीम शाह, मोहमद हसनेन, हरिस राउफ र मोहमद नवाजले १/१ विकेट लिए ।

जितसँगै पाकिस्तानले सुपर चारमा २ अङ्क जोडेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार ०७:१७