सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको तीन वटै क्षेत्रबाट एमालेका सम्भावित उम्मेदवार सिफारिस

नेकपा एमालेले बाँकेका तीन वटै प्रतिनिधी सभाका लागि आफ्ना उम्मेवारको नाम सिफारिस गरेको छ । एमालेले आइतबार सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको हो ।

उक्त पार्टीले बाँकेको क्षेत्र नम्बर १ बाट सुर्य ढकाल, देवराज भार, पुजन विश्वकर्मा र बलराम भट्टराईको नाम सिफारिस गरिएको हो ।

यस्तै क्षेत्र नम्बर २ बाट मोहम्मद हारुन, शिव डोटेल, रबिन्द्र लम्साल, अक्रम अन्सारी, रचना श्रेष्ठ, पार्वती बोहरा गुरुङ र सरस्वती शर्माको नाम सिफारिस भएको एमाले बाँकेका प्रचार विभाग प्रमुख सतिश निरौलाले जानकारी दिए ।

यसैगरी क्षेत्र नम्बर ३ बाट किस्मतकुमार कक्षपति, रत्न खत्री र कृष्णा सार्कीको नाम सिफारिस गरिएको एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसीले जानकारी दिए ।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेले बाँकेको क्षेत्र नम्बर ३ मा मात्र प्रतिनिधी सभा सांसद जितेको थियो । उक्त निर्वाचनमा तत्कालिन बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका महेश्वर गहतराज अथक निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतवार १८:०१