सूचनाको शक्ति - The Power Of Information

        

टिकटक बनाउने क्रममा दाङमा एकको मृत्यु

दाङमा टिकटक बनाउने क्रममा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेका छन् ।

सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक बनाउन गएका केसी शनिबार राति करिब नौ बजे भीरबाट खसेका थिए । करिब तीन सय मिटर तल खसेका उनलाई प्रहरीले उद्धार गरेर राप्ती प्रादेशिक अस्पतालमा लगेको थियो ।

अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले बताए । मृतक केसी रा ५६७२३८ नम्बरको मोटरसाइकलको पछाडि सवार थिए ।

मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतवार १७:५२