राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाका लागि फारम बुझाउन आह्वान गरेको छ । शुक्रबार परीक्षाफल प्रकाशन गरेको बोर्डले शनिबार सूचना निकालेर फारम बुझाउन आह्वान गरेको हो ।
बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षा आगामी असोज ३० र ३१ गते हुनेछ । परीक्षामा सहभागी हुन असोज ७ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्कवापत प्रतिविद्यार्थी ६०० रुपैयाँ बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।
तोकिएको अवधिमा फारम भर्न छुटेका विद्यार्थीले असोज १४ गतेभित्र दोब्बर दस्तुर तिरेर असोज २५ गते कार्यालय समयभित्र बोर्डको सम्बन्धित कार्यालयमा रकम जम्मा गरेको भौचरसहित आवेदन फारम बुझाउनु पर्नेछ । दुई विषयमा ननग्रेडिङ अर्थात् एनजी आउने परीक्षार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ ।
सत्यपाटी । काठमाडौं ।