सूचनाको शक्ति - The Power Of Information

        

स्वदेश फर्किए श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे

देश छाडी भागेका श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाये राजापाक्षे स्वदेश फर्केका छन् । उनी गत जुलाईमा सिंगापुर एयरलाइन्यसबाट देश छाडी भागेका थिए । देश छाडेर भागेको झन्डै ५० दिनपछि शनिवार बिहानै उनी श्रीलंका फर्किएको बताइएको छ ।

श्रीलंकाको सञ्चारमाध्यमका अनुसार राजापाक्षे बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लँदा कडा सुरक्षा व्यवस्था गरिएको थियो । उनलाई स्वागत गर्न मन्त्रीहरु त्यहाँ पुगेका थिए । राजापाक्षे कोलम्बोमै बस्ने र त्यहाँ कडा सुरक्षा व्यवस्था मिलाइने बताइएको छ ।

आन्दोलनकारी राष्ट्रपति निवासमै घुसेर प्रदर्शनमा उत्रिएपछि गत जुलाई १३ मा उनी मल्दिभ्स भागेका थिए । आर्थिक संकटले श्रीलंका टाट पल्टिएपछि त्यहीबेला उनले पदबाट राजीनामा दिएका थिए । यस अवधिमा उनी माल्दिभ्स, सिंगापुर र थाइल्यान्ड पुगे ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार ०९:३९