सूचनाको शक्ति - The Power Of Information

        

आजको राशिफल : मेष र तुलालाई समस्या

२०७९ भाद्र १८ गते, शनिवार, ३ सेप्टेम्बर २०२२ । भाद्र शुक्लपक्ष सप्तमी तिथि, ९ः४० बजेदेखि अष्टमी । अनुराधा नक्षत्र । चन्द्रराशि– वृश्चिक ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

दिनभरि सानातिना घरेलु काममै अल्झनुपर्ला । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वास्थ्य कमजोर रहनाले पढाइ लेखाइमा पनि समय दिन नसकिएला । सवारीमा सावधानी अपनाउनुहोला । हुलमुलमा धनमाल हराउन सक्छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । साथीभाइको सहयोग जुटाउने प्रयत्न गर्नुहोला ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ । साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । अतिथिका रूपमा सम्मानसमेत प्राप्त होला । आँटेका काममा सहयोग जुटाउनेहरू प्रशस्तै भेटिनेछन् । तर छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ । प्रयत्न गर्दा प्रेम र मित्रताको बन्धन कसिनेछ भने काममा आयआर्जन पनि राम्रै हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

परिस्थितिवश चिताएको काम रोकिन सक्छ । सानोतिनो समस्याले अल्झाउनेछ । गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ । फजुल खर्च बढ्नाले आर्थिक काममा बाधा हुनेछ । बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । चुनौतीपूर्ण कामको दायित्व लिनाले दुःख पाइनेछ । सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला । अरूका लागि बुद्धि खर्चनुपर्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

रोकिएका काम सम्पादन गर्न समय लागे पनि नयाँ कामतर्फ अग्रसर भइनेछ । व्यापार–व्यवसायमा राम्रै प्रतिफल प्राप्त हुनेछ । विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ । मेहनत गर्दा जटिल काम समेत सम्पादन हुनेछ । सुखद समाचारले उत्साह जगाउनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । दोहोर्याएको काम लाभदायक बन्न सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन् । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । गरेको कामबाट फाइदा मिल्नेछ । भूमि, पशु र कृषितर्फका योजना अघि बढ्नेछन् । बाहिरी काम रोकिए पनि घरायसी समस्या सुल्झाउन सकिनेछ । साझेदारसँगको पुरानो विवाद समेत टुंग्याउने समय छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

परिस्थितिवश आँटेको काम सम्पादनमा विलम्ब हुनेछ । अरूले बाधा पुर्याउने हुँदा अलमलमा परिएला । सहयोगीहरूले समेत हात झिक्नाले समस्या बढ्न सक्छ । प्रतिस्पर्धीहरूले अलि दुःख देलान् । सहयोगको आशा देखाउनेहरूबाट धोका पाइनेछ । आफ्नो योजना तत्काल अरूलाई नसुनाउनु नै बुद्धिमानी हुनेछ । फाइदा थोरै भए पनि नियमित काम भने गर्न सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ । शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । सानो प्रयत्नले दिगो फाइदा दिलाउन सक्छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । मेहनत गर्दा रोकिएका काम समेत सम्पादन हुने देखिन्छ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । पठन–पाठनमा पनि प्रगति गर्न सकिनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । पहिलेको सफलताले काममा उत्साह जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन गर्न सकिनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिरनले व्यक्तित्वमा निखारता आउनेछ र धेरैको आकर्षण बन्न सकिनेछ । रमाइलो जमघट र भोजनको आनन्द प्राप्त हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

बेलामा होस नपुर्याउँदा फजुल खर्च बढ्न सक्छ । धेरै फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ । साथीभाइसँग असमझदारी बढ्न सक्छ । तापनि, समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन् । खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्नेछ । चुनौती पन्छाउँदै रोकिएका काम गर्न सकिनेछ । टाढाका साथीभाइको निम्तो प्राप्त हुनाले यात्राको साइत पनि जुर्न सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

धेरै श्रम गर्दा तत्काललाई कम मूल्य प्राप्त हुनेछ । तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । आज स्थायीभन्दा अस्थायी पेसाबाट बढी फाइदा हुनेछ । आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन् । भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुन सक्छ । लगानीको तुलनामा थोरै लाभांश देखिए पनि आजको प्रयत्नबाट पछिका लागि फाइदा हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

अवसरसँगै चुनौतीसमेत देखा पर्नेछन् । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ । अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । अवसरवादीहरूले सहयोगको नाममा फाइदा उठाउने चेष्टा गर्नेछन् । होसियारीसाथ काममा जुट्नुहोला । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । विशेष योजनाहरू बन्नेछन् । मेहनत गर्दा एउटै कामबाट दोहोरो फाइदा मिल्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । धार्मिक अनुष्ठान वा मंगलमय कृत्य सम्पादन हुन सक्छ । भाग्योन्नतिको समय छ । व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार ०७:५८