सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

७२ जिल्लामा फैलियो डेंगु , लुम्बिनीमा ५८३ संक्रमित

कुन प्रदेशमा कति संक्रमित ?

नेपालमा पछिल्लो समय डेंगु संक्रमण बढ्दो क्रममा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म ७२ जिल्लामा डेंगु संक्रमण देखिएको छ ।

साउनदेखि यता २१ सय ७९ जनामा डेंगु पुष्टि भएको मन्त्रालयले जनाएको छ भने सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा देखिएका छन् ।

मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा १२ सय ९१ जनामा डेंगु देखिएको छ । सबैभन्दा कम संक्रमित सुदूरपश्चिम प्रदेशमा देखिएका छन् ।

सुदूपश्चिममा अहिलेसम्म १४ जनामा संक्रमण पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार लुम्बिनीमा ५८३, प्रदेश नम्बर १ मा १४४, गण्डकीमा ५२, मधेशमा ४८ र कर्णाली १७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

पुसदेखि यता ४ हजार १०४ जनामा डेंगु पुष्टि भएको मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार १८:२५