सूचनाको शक्ति - The Power Of Information

        

बाँके २ बाट जसपाका मन्त्री राईको एकल नाम सिफारिस

आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि जनता समाजवादी पार्टी(जसपा)ले बाँके क्षेत्र नम्बर २ बाट भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईको एकल नाम सिफारिस गरेको छ । २०७४ सालको निर्वाचनमा पनि राई सोही क्षेत्रबाट प्रतिनिधी सभामा निर्वाचित भएका थिए ।

यस्तै प्रतिनिधी सभा क्षेत्र नम्बर १ बाट प्रमोद यादव तथा क्षेत्र नम्बर ३ बाट मनोजकुमार दिक्षित र प्रमोद यादवको नाम सिफारिस गरिएको जसपा बाँकेले जनाएको छ ।

यसैगरी प्रदेश सभा–१ ’क’ बाट अजयकुमार श्रीवास्तव र मोहम्मद अलि खाँ, प्रदेश सभा–१ ’ख’ बाट लालबहादुर शाहको नाम सिफारिस गरिएको छ ।

त्यस्तै प्रदेश सभा–२ ’क’ बाट सर्बनकुमार यादव र भण्डारी लाल यादव, प्रदेश सभा–२ ’ख’ बाट राजन रानामगर, माजिर अलि शेख, दुर्गेश गुप्ता र बुद्धिसागर सुवेदीको नाम सिफारिस गरिएको जसपा बाँकेका अध्यक्ष एवम् नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राईले जानकारी दिए ।

त्यसैगरी प्रदेश सभा–३ ’क’ बाट उदयराज यादव, बलराम यादव तथा प्रदेश सभा–३ ’ख’ बाट विजय पाठक, राजेश बर्मा र प्रविण बर्माको नाम सिफारिस गरिएको जसपा क्षेत्र नम्बर ३ का अध्यक्ष राजिव कुर्मीले जानकारी दिए ।

२०७४ सालको निर्वाचनमा तत्कालिन संघिय समाजवादी फोरम (अहिलेको जसपा) ले प्रतिनिधी सभा क्षेत्र नम्बर २ र प्रदेश सभा–२ ’क’ मा जितेको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार १७:५९