सूचनाको शक्ति - The Power Of Information

        

कक्षा १२ को नतिजा सार्वजनिक

फाइल तस्वीर

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरिएको छ । बोर्डले गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षाको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार ४ हजार १७९ जनाले ३.६ देखि ४ जिपिए ल्याएका छन् ।

त्यस्तै ३० हजार १०७ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएका छन् । ६ लाख ५२ हजार ८८४ जनाले २.८ देखि ३.२० जिपिए ल्याएका छन् । ६४ हजार ९३ जनाले २.४ देखि २.८ जिपिए ल्याएका छन् । १० हजार ९०० जनाले २.१ देखि २.४ जिपिए ल्याएका छन् ।

त्यस्तै १.६.२ जिपिए ल्याउने ३५ जना छन् । नन ग्रेडतर्फ १ लाख ८८ हजार ४१० छन् । ग्रेड बृद्विका लागि १ लाख ३० ८७८ जनाले दिन पाउनेछन् । जम्मा ३ लाख ६३ हजार ८ जनाले परीक्षा दिएका थिए । बोर्डले यो पटक ननग्रेडिङ अनुसार नतिजा प्रकाशन गरेको हो ।

प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशतभन्दा बढी अंक नल्याएका विद्यार्थी फेल भएका छन् । त्योभन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ । दुई विषय लागेकाले असोज ३० र ३१ गते ग्रेड बृद्विका लागि परीक्षा दिन पाउने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

बोर्डको आफ्नै वेबवाइट https://www.neb.gov.np/result मा गएर नतिजा हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np/ मा गएर आफ्नो सिम्बल नम्बर र जन्ममिति राखेर नतिजा हेर्न सकिनेछ । त्यस्तै आईभीआर सिस्टम लेण्डलाइन र मोबाइलबाट १६०१ डायल गर्दै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार १७:४७