सूचनाको शक्ति - The Power Of Information

        

दशैंअघि नै एसइईको ग्रेडबृद्धि परीक्षाको नतिजा

फाइल तस्वीर

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले (कक्षा १०)ले एसइई ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा दशैंअघि नै सार्वजनिक हुने जनाएको छ ।

भदौं ११ र १२ गते परीक्षा सञ्चालन भई परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण भइरहेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।

उनले भने, ‘अहिले उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । दशैंअघि नै नतिजा सार्वजनिक गर्छौं ।’ पनिकाको अनुसार अहिले विभिन्न १६ परीक्षण केन्द्रमा परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण भइरहेको छ ।

अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विषयहरु मध्ये परीक्षार्थीहरुले आफूले चाहेको बढीमा दुई विषयसम्म वा बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीहरुले ग्रेडबृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसइई ग्रेडबृद्धि (पूरक) परीक्षामा दुई लाख बढी विद्यार्थी सहभागी भएका थिए । ग्रेडबृद्धि (पूरक) परीक्षाका लागि नेपालभर ३७२ परीक्षा केन्द्रमा तोकिएको थियो ।

भदौं ११ र १२ गते परीक्षा सञ्चालन गरेको परीक्षामा पहिलो दिन एक लाख ३९ हजार ३६२ र दोस्रो दिन ७४ हजार २८३ जना गरी २ लाख १३ हजार ६४५ जनाले परीक्षा दिएको राष्ट्रिय परीक्षा बोर्डले छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार १५:१३