सूचनाको शक्ति - The Power Of Information

        

प्रेस चौतारीका प्रदेश सचिव माओवादीमा प्रवेश

प्रेस चौतारी नेपाल, कर्णाली प्रदेश समितिका सचिव शेरबहादुर थापा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा भएको माओवादी केन्द्रको प्रशिक्षण कार्यक्रममा थापालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले स्वागत गरेका हुन् ।

वीरेन्द्रनगरको सिटी हलमा माओवादी प्रदेश कमिटीले राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम गरेको छ । त्यही प्रशिक्षणमा प्रमुख अतिथि बनेर पुगेका प्रचण्डको हातबाट टीका लगाउँदै थापा एमाले छाडेर माओवादीतिर प्रवेश गरेका हुन् ।

यो प्रशिक्षण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मा र शक्ति बस्नेत लगायत केन्द्रीय नेताहरु सहभागी छन् । प्रशिक्षणका लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट नेता, कार्यकर्ता राजधानी वीरेन्द्रनगर आएका छन् ।

यसअघि बुधबार र बिहीबार जिल्ला समन्वय समितिको सुर्खेतको सभाहलमा शक्ति बस्नेत र जनार्दन शर्माले नेता–कार्यकर्तालाई आगामी चुनावी रणनीतिबारे प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार १४:२५