सूचनाको शक्ति - The Power Of Information

        

आयल निगमले बढायो डिजेल र मट्टितेलको मूल्य

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पाेरेशनले इन्धनको मूल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरिरहेको निगमले मूल्य बढ्नासाथ भने नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।

नयाँ मूल्य अनुसार डिजेल र मट्टितेलको मूल्य लिटरमा ६ रुपैयाँले बढेर लिटरको १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ थियो । पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार १०:२९