सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा विद्युतीय माइक्रोबस सञ्चालन

बाँकेको रत्न राजमार्ग र पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक विद्युतीय माइक्रोबस सञ्चालन गरिएको छ ।

बागेश्वरी यातायात कोहलपुरले ११ सिटे क्षमताका ४ वटा माइक्रोबस सुर्खेतको वीरेन्द्रनगरसम्म तथा एक–एक वटा गाडी बर्दियाको ठाकुरद्वारा र धनगढीसम्म सञ्चालन गरेको हो ।

कोहलपुरका विष्णु खनाल, विकास बुढाथोकी, पदम भट्टराई र रविप्रसाद कर्माचार्यले बीबी इन्टरप्राइजेज खोलेर बाँकेमा विद्युतीय माइक्रोबस भित्रएका हुन् ।

१२ वटा विद्युतीय माइक्रोबस बिक्री भएको सञ्चालक कर्माचार्यले बताए । उनले भने, ‘नेपालगञ्ज, सुर्खेत, ठाकुरद्वारा र धनगढीमा गरी ६ वटा यात्रुवाहक गाडीका रूपमा सेवा दिएका छन् ।

नेपालगञ्जका होटल र स्कुलमा गरी अरू ६ वटा गाडी चलिरहेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार २०:३४