सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस नेता स्वर्गिय गिरीको योगदानबारे बाँंकेमा चर्चा

नेपाली कांग्रेसका नेता स्वर्गिय प्रदिप गिरीको योगदानबारे चर्चा गरिएको छ ।

गिरीको १३ औं दिनको पूण्यतिथीका अवसरमा बिहीबार नेपाली कांग्रेस बाँंकेले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा ब्यक्तित्व र योगदानबारे चर्चा गरिएको हो । कार्यक्रममा बोल्ने बक्ताले समाजवादी चिन्तक गिरी राजनीतिमा नयाँ पुस्ताका लागि प्रेरणादायी ब्यक्तित्व रहेको बताए ।

कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, निवर्तमान जिल्ला सभापति किरण कोइराला, पूर्वसभापतिद्धय सनत रेग्मी, कृष्णमान श्रेष्ठ, बाँके क्षेत्र नम्बर १ का सभापति पोषण केसी, महाधिवेशन प्रतिनिधि अजितकुमार शर्मा, नेपाल तरुण दलका पूर्वमहामन्त्री हुर्मत न्यौपाने लगायतले बोलेका थिए ।

कार्यक्रममा जिल्ला उपसभापति गोपाल अधिकारीले स्वागत मन्तव्य ब्यक्त गरेका थिए, भने कार्यक्रम सञ्चालन सचिव सुधान्सु कोइरालाले गरेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार २०:२९